विजय क्षेत्रीले पोखरामा खोले नेपजरी बुटिक

आर्थिक आवाज
पोखरा । युवा व्यवसायी तथा फेसनकर्मी विजय क्षेत्रीले पोखरामा नेपजरी बुटिक सञ्चालनमा ल्याएका छन् बिक्री, साटफेर तथा भाडामा आफूले बुटिक सञ्चालनमा ल्याएको सञ्चालक क्षेत्रीले बताए ।

बुटिकमा महिला तथा युवतीहरुको लागि साडी, लेहेङ्गा, ग्राउन, तथा डिजाइन अनुसारको कपडा तयार पारिने संचालक क्षेत्रीले जानकारी दिए । महेन्द्रपुलस्थित अन्नपूर्ण सुपरमार्केटको दोस्रो तल्लामा रहेको बुटिकबाट प्राप्त हुने केही प्रतिशत रकम समाज सेवामा समर्पित गर्ने क्षेत्रीले बताए ।

पोखरामा रहेर लामो समयदेखि फेसन क्षेत्रमा काम गरेको र देश तथा समाजमै रहेर काम गर्ने मनसायले आफूले बुटिक सञ्चालनमा ल्याएको क्षेत्रीले जानकारी दिए । करिब ४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको बुटिकमा ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पछिल्लो समय विदेश जानेको बढ्दो संख्या र युवाहरुमा देखिएको वितृष्णाप्रति पनि आफूले सञ्चालनमा ल्याएको बुटिकबाट पाठ सिक्न र युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय बनाउनुपर्नेमा सञ्चालक क्षेत्रीले जोड दिए ।

You might also like

Comments are closed.