विदेशमा रहेका नेपालीलाई ल्याउन नियमित उडान हुँदै, क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

काठमाडौं । विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउने तयारी सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदले विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको हो ।

केही देशहरुबाट नियमित उडानमार्फत र केही देशहरुबाट चार्टर उडानसहित नेपालीको उद्धार गर्ने तयारीमा सरकार छ । नेपाल आउन चाहने नेपालीलाई राजधानी काठमाडौंका होटलमा अनिवार्य कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । क्वारेन्टाइन बसेको खर्च र उडान खर्च स्वयम व्यक्तिले व्यहोर्नुपर्नेछ ।

युएई, मलेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपका देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत उद्धार गरिने एक मन्त्रीले जानकारी दिए ।

You might also like

Comments are closed.