‘विद्यार्थीको अभिभावक बनेर काम गरिरहेका छौं’

तिलक लामिछाने
सञ्चालक, वली एण्ड एसोसिएट, पोखरा

वली एण्ड एशोसियट कस्तो संस्था हो ?
उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने संस्था हो यो । हाम्रो संस्थाले विगत १७ वर्षदेखि अष्टे«लिया अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको छ । हाम्रो संस्था वली एण्ड एशोसियटको प्रमुख कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ । सिड्नीबाहेक ब्रिसवेन, डार्विन, पर्थ र मेलवर्नमा पनि यसका शाखा कार्यालयहरु छन् । अष्ट्रेलियाका मुख्य ठाउँलाई समेटेर हामीले काम गर्दै आएका छौं ।

नेपालचाहिं कहिलेदेखि सेवा दिन शुरु गर्नुभयो ?
नेपालमा पनि १७ वर्ष पहिलेदेखि नै हामीले सेवा दिइरहेका छौं । जब हामीले अष्टे«लियाको सिड्नीमा कार्यालय खोल्यौं, त्यहि वर्षदेखि नै नेपालमा पनि कार्यालय खोलेर हामीले सेवा दिइरहेका छौं । हामी यहाँबाट विद्यार्थीलाई शैक्षिक परामर्श दिएर अध्ययनका लागि अष्टे«लिया पठाउँछौं ।

वली एण्ड एशोसियटको सेवा कस्तो छ ?
हाम्रो सेवा विश्वासिलो र गुणस्तरीय छ । हाम्रो बारेमा हाम्रा विद्यार्थी तथा अभिभावकलाई सोध्दा झन् धेरै थाहा हुन्छ । उनीहरुले बताउँछन् हाम्रो सेवा बारे । अहिलेसम्म गएका सबै विद्यार्थी र तिनका अभिभावक सन्तुष्ट छन् । त्यसैले त हामीप्रति विद्यार्थीको आकर्षण दिन दुई गुणा, रात चार गुणा बढिरहेको छ । उनीहरु आफूमात्र होइन अन्य साथीभाइ तथा इष्टमित्रलाई पनि हाम्रैमा शैक्षिक परामर्श लिनका लागि सिफारिश पनि गर्ने गर्छन् ।

विद्यार्थी र अभिभावकले विश्वास गर्नुको कारण के हो ?
विद्यार्थी र अभिभावकले हामीलाई विश्वास गर्नुको मुख्य कारण भनेको हाम्रो सेवा नै हो । हामीले विश्वासिलो तरिकाले गुणस्तरीय सेवा दिएकै कारण उहाँहरुले हामीलाई विश्वास गर्नु भएको हो । हामीसँग दक्ष तथा अनुभवी टिम छ । हाम्रो दक्ष र अनुभवी टिमले गरेको मेहनतको प्रतिफल नै अहिले हामी यो क्षेत्रमा अग्रणी भूमिका छौं । यस अर्थमा हामी सफल छौं भन्नुपर्छ । विद्यार्थीलाई हामी नेपालबाट अध्ययनका लागि अष्टे«लिया जाँदा के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ भन्ने कुरा हामी जानकारी गराउँछौं । विद्यार्थीको रुची, चाहना, स्तर हेरेर विषय कलेज तथा युनिभर्सिटी छनोट गर्नका लागि काउन्सिलिङ गर्छौं । नेपालमा मात्र नभई अष्ट्रेलिया पुगेपछि आइपर्ने समस्या समाधानका लागि पनि हामी सहयोग गर्छौं । विभिन्न प्राविधिक कुरा जान्नुपर्ने हुन्छ ति सबै कुरा हामी यहिं सिकाएर पठाउँछौं । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि हामीले सक्दो मेहनत गर्दै आइरहेका छांै । विद्यार्थीलाई मानसिक र शारीरिक दुवै तरिकाले स्वस्थ भएर जान हामी सल्लाह दिन्छौं । अर्थात हामी अष्ट्रेलिया गएका विद्यार्थीको अभिभावक बनेर काम गर्नेगरेका छौ ।

विद्यार्थी तथा अभिभावकले कन्सल्टेन्सी कसरी छनौट गर्ने ?
विद्यार्थीले शैक्षिक परामर्शका लागि कन्सल्टेन्सी छनौट गर्दा निकै ध्यान दिनुपर्छ । शुरुमा त विद्यार्थी तथा अभिभावकले विश्वासिलो र सरकारद्वारा मान्यताप्राप्त एजुकेसन कन्सल्टेन्सी छनौट गर्नुपर्छ । अनि त्यस कन्सल्टेन्सीमा रहेका शैक्षिक परामर्शदाताहरु कत्तिको दक्ष र अनुभवी छन् भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ । कन्सल्टेन्सीका सेवा के कस्ता छन् र कसरी काम गरिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

शिक्षाका लागि अष्टे«लिया नै किन जाने ?
शिक्षाका लागि अष्टे«लिया एउटा उपयुक्त शैक्षिक गन्तव्य हो । अष्टे«लियामा संसारका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरु छन् । संसारको जुन सुकै स्थानमा गएपनि काम लाग्ने शिक्षा अष्टे«लियामा दिइन्छ । सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षामा जोड दिइन्छ । जसका कारण विद्यार्थी अध्ययनसँगै अनुभवी पनि हुन्छन् । अष्टे«लियामा अध्ययनसँगै काम पनि गर्न सकिन्छ, जसका कारण घरमा आर्थिक भारपनि पर्दैन । साथै अध्ययन सकिएपछि कामको समस्यापनि हुँदैन । पिआरको प्रक्रिया पनि सहज छ ।

अध्ययनपछि विद्यार्थी किन नेपाल फर्कन चाहँदैनन् ?
अष्ट्रेलिया गएर अध्ययन गरेका विद्यार्थीहरुले त्यहाँ सजिलै काम पाउँछन् । अध्ययन सँगसँगै पिआरको प्रक्रिया पनि विद्यार्थीले अगाडि बढाएका हुन्छन् । कसैले अध्ययन सकेलगत्तै पिआर पाउँछन् भने कसैको पाउने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुन्छ । जसका कारण उनीहरु नेपालमा आएर पुनः संघर्ष गर्नुभन्दा त्यहिं बसेर काम गर्न चाहन्छन् । यद्वपि केही विद्यार्थीहरु नेपाल फर्केका पनि छन् । त्यहाँको सीप, दक्षता र लगानी यहीं प्रयोग गरेर राम्रै गरिरहेका छन् । कोही आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्कने गर्छन् । तर केहिले अवसर पाएका कारणले होला उतै जमेर बस्नेपनि गरेका छन् । यसरी बस्नेहरु अष्टे«लियामा अवसर पाएकै कारण उतै बस्छन् भने कोही नेपालको आर्थिक र राजनीतिक प्रतिकुलताका कारण पनि नेपाल फर्कन चाहँदैनन् । अध्ययन सकेर नेपाल फर्कन हामी विद्यार्थीलाई प्रोत्साहन गर्दै आइरहेका छौं । त्यहाँ सिकेको ज्ञान र सिप नेपालमा आएर प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

You might also like

Comments are closed.