‘विद्यार्थीको पहिलो रोजाई हिमाअस’

राजमान थकाली
प्रवन्ध निर्देशक
हिमाअस एजुकेशन कन्सल्टेन्सी, अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा सन् २००८ मा हिमाअस एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका राजमान थकाली यतिबेला पोखरामा छन् । पोखरामा हिमाअसको शाखा सञ्चालनमा ल्याएका थकालीसँग अष्ट्रेलियाको शिक्षा तथा हिमाअसका सेवाहरुमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ताको सारः

हिमाअसको स्थापना कसरी भयो ?
हिमाअस एजुकेशन कन्सल्टेन्सी २००८ मा सिड्नीबाट शुरुवात भएको हो । म आफै स्टुडेन्ट भिजामा अष्ट्रेलिया गएको हुँ । अष्ट्रेलियाबाट संस्था शुरु गरेर काठमाडौं, पोखरा तथा थाइल्याण्डमा पनि सञ्चालन गरेका छौं । पोखरामा हिमाअस भनेर शुरु गरेको करिब ६ महिना भयो । पहिला एजु भेन्चर भनेर संचालन गरेका थियौं ।

अष्ट्रेलियाको भिजा पोलिसी कस्तो छ ?
केही समय पहिले भिजाको लागि एसएसभिएफ भन्ने नयाँ पोलिसी अष्ट्रेलियाले ल्यायो । जसले नेपाली विद्यार्थीलाई भिजा पाउन सहज बनाएको छ । अष्ट्रेलियाको शैक्षिक गुणस्तर राम्रो हुनुका साथै लाइफ स्ट्यान्डर्ड पनि राम्रो छ । त्यहाँ सेटल हुन सहज छ ।

विद्यार्थीलाई कसरी परामर्श दिनुहुन्छ ?
हामीले विभिन्न नीति तथा नियम कार्यान्वयन गर्ने गरेका छौं । हामीले करिब १ सय भन्दा धेरै कलेजसँग सम्वन्ध कायम गरेका छौं । हामीसँग अष्ट्रेलियन शिक्षाको विषयमा धेरै अनुभव छ । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी मात्र दिदै आएका छौं । विद्यार्थीको शैक्षिकस्तर, रुची तथा क्षमताका साथै परिवारको आर्थिक अवस्था बुझेर मात्र कोर्ष तथा युनिभर्सिटी छान्न सल्लाह दिन्छौं । सबैलाई एउटै कलेज तथा युनिभर्सिटी उपयुक्त हुन्छ भन्ने छैन । अष्ट्रेलियाको बैंक एकाउण्ट यहीँबाट खोलेर पठाउछौँ । सिमकार्डको व्यवस्था पनि हामी गर्छौं । परामर्शदाता भएपछि हामीले विभिन्न गाइडलाइन्स फलो गर्नुपर्छ । अनावश्यक आस्वासन देखाएर परामर्श दिनु हुँदैन जुन गैरकानुनी हो । हामी आफ्नो दायरा भित्र रहेर परामर्श दिन्छौं ।

पोखरामा संस्था सञ्चालन गर्ने सोच कसरी आयो ?
पोखरा म हुर्किएके थलो हो । पहिले एजुभेन्चर संस्था सञ्चालन गरेका थियौं । अहिले सबै ठाउँमा एउटै नाम राख्ने भनेर हिमाअस राखेका हौं । पोखरा तथा आसपासमा रहेका जिल्लाका विद्यार्थीलाई सहज होस् भनेर पोखरामा संस्था सञ्चालन गरेका हौं ।

अष्ट्रेलियामा सेटल हुन विद्यार्थीलाई कत्तिको सहज छ ?
अष्ट्रेलिया गएको ६ महिना केही अप्ठ्यारो हुन्छ । आफ्नो घरपरिवार छोडेर गएका विद्यार्थीलाई त्यहाँ गएर एडप्ट हुन सहज छैन । विद्यार्थीलाई केही समस्या आएमा हामी समाधानको लागि सहयोग गछौंै । अष्ट्रेलियाको पिआर लिएपछि केही समय बसेर नेपाल फर्कने गरेको पनि हामी पाउछौं । म पनि करिब २१ वर्ष बसेर अहिले नेपाल फर्किएको हुँ ।

तुलनात्मक रुपमा विद्यार्थीको रोजाईमा किन अष्ट्रेलिया नै पर्ने गरेको हो ?
अष्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडा लगायतका देशमा धेरै नेपाली विद्यार्थी जान चाहन्छन् । यी मध्ये अष्ट्रेलिया नै धेरै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । यहाँको फि स्टक्चर नेपालीको लागि अफोडेवल छ । विश्वका उत्कृष्ट कलेज तथा युनिभर्सिटी अष्ट्रेलियामा छन् । अध्ययन सकेपछि कामको वातावरण पनि सहज छ । नेपाल र अष्ट्रेलियाको वातावरण तथा मौसम पनि उस्तै खालको छ । अष्ट्रेलियाको धेरै कुराले नेपाली विद्यार्थीको आकर्षण बढेकोे पाइन्छ ।

पैसा कमाएर पढ्छु भन्ने सोच विद्यार्थीमा कत्तिको हुन्छ ?
विद्यार्थीको लक्ष्य तथा उद्देश्य पुरा हुने नहुने करिब ६ महिनाको अध्ययनबाट नै थाहा हुन्छ । अष्ट्रेलिया गएर पैसा कमाएर पढ्छु भन्ने सोचेर महङगो युनिभर्सिटी तथा कलेज नछान्न म विद्यार्थीलाई सल्लाह दिन्छु । आफ्नो लक्ष्यमा पुग्न यसले अप्ठ्यारो पार्छ । काम गर्न थालेपछि पढाई बिग्रने सम्भावना धेरै हुन्छ ।

You might also like

Comments are closed.