‘विद्यार्थीको विश्वास जित्न सफल छौं’

 

रमेश थापा
प्रवन्ध निर्देशक
एक्सपर्ट एजुकेसन, पोखरा

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले पोखरामा वर्षेनी २ पटक सेमिनार आयोजना गर्दै आइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी हामीले सेमिनार सञ्चालन गर्ने गरेका छौं । एक्सपर्ट पोखराको कार्यालय सिद्धार्थचोकको सभाहलमा असोज ८ गते सोमबार हुने सेमिनारको तयारी पुरा भएको छ । भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ । अष्ट्रेलिया जानका लागि वर्तमान परिवर्तित नियम कानुनका बारेमा पनि सेमिनारमा सही सूचना प्रदान हुन्छ ।

हामीले विद्यार्थीलाई सत्यतथ्य सूचना प्रदान गर्छौं । यस पटक सेमिनारमा एक्स्पर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्मा आफै पोखरा आउने कार्यक्रम छ । एक्सपर्ट मेल्वर्नका डाइरेक्टर सरोज शर्मा लगायत अन्य अनुभवी काउन्सिलरहरु सेमिनारमा सहभागी हुँदैहुनुहुन्छ । सेमिनारमा अष्टे«ेलियन शिक्षा सम्बन्धी सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी पाउने वातावरण बनाएका छौं ।

पोखरा तथा आसपासका विद्यार्थीलाई वैदेशिक उच्च शिक्षा तथा त्यहाँका कलेजको बारेमा जानकारी दिन एक्स्पर्ट सफल छ । हामीले अष्टे«लियालाई लक्षित गरी सेवा प्रदान गरिरहेका छौं । अ‍ेष्ट्रेलियाका कुन युर्निभर्सिटीको शैक्षिक अवस्था तथा कोर्षहरु के–कस्ता छन्, कुन प्रक्रिया पुरा गरेर कसरी जान सकिन्छ, त्यहाँ स्कलरसिपको अवस्था के कस्तो छ, सो को बारेमा हामी विद्यार्थीलाई जानकारी प्रदान गर्छौं । कुन देश जाने हो र त्यहाँ जान कति खर्च लाग्छ, भिजाको लागि के–कस्ता प्रक्रिया आवश्यक छन् सो बारेमा पनि हामी प्रष्ट रुपमा विद्यार्थीलाई बुझाउँछौं । हाम्रो सेवाबाट नै विद्यार्थीहरु हामीसँग आकर्षित छन् ।

जति पनि विद्यार्थी उच्च शिक्षाको लागि अष्ट्रेलिया जान्छन् उनीहरुले त्यहाँ गएर करियर डेभलप गर्दछन् । कतिपय एन.आर.एन.को रुपमा प्रशिद्ध छन् । नेपालको लागि पनि केही गरौं भन्ने मानसिकताका साथ उनीहरुले काम गरिरहेका छन् । नेपालमा विभिन्न विपत्ती तथा भवितब्य आइपर्दा उनीहरुले सहयोग गर्दै आइरहेका छन् भने अन्य विविध क्षेत्रमा पनि उनीहरुको योगदान छ । धेरै नेपालीहरु विदेशमा गएर उच्च शिक्षा हासिल गरेर त्यहाँका विभिन्न क्षेत्रमा स्थापित भइसकेको अवस्था छ । विभिन्न युनिभर्सिटीमा नेपाली टपर बनेको पनि हामीले सुन्दै आएका छौं । अध्ययन सकेपछि नेपालमै आएर आफ्नो दक्षताको उपयोग गर्न हामी विद्यार्थीलाई आग्रह गर्छौं । विदेशमा पढेर नेपालमा आएर राम्रो काम गरेका उदाहरण प्रशस्त छन् ।

विद्यार्थीहरु आफूले पढ्न चाहेको युनिर्भसिटी तथा विषयको बारेमा जानकारी लिनको लागि कन्सल्टेन्सी आउने क्रम पछिल्लो समय बढेको छ । आफ्नो चाहना अनुसारको विषय पढ्न कुन देश जाने, प्रक्रिया कसरी अगाडि बढाउने, भिजाको लागि के गर्ने र के–कस्ता डकुमेन्ट आवश्यक पर्छ, कति खर्च लाग्छ सो बारेमा जानकारी दिनको लागि पनि एक्सपर्टले महत्वपूर्ण काउन्सिलिङ गर्दै आइरहेको छ । विद्यार्थी र युनिभर्सिटीको विचमा हामीले पुलको काम गरेका छौं । हाम्रो लक्षित वर्ग भनेको प्लस टु तथा ब्याचलर पास गरेका विद्यार्थीहरु नै हुन् । नर्सिङ, आईटी, म्यानेजमेटको विद्यार्थी पनि हाम्रो टार्गेट ग्रुपमा पर्नुहुन्छ । हामी विद्यार्थी तथा अभिभावकलाई सत्यतथ्य परामर्श दिन्छौं । हाम्रो १४ वर्षको अनुभव र कामले विद्यार्थीको विश्वास जित्न सफल छौं । अष्टे«लिया जान चाहने विद्यार्थीको रोजाईमा एक्सपर्ट पर्नुको कारण नै हामीप्रतिको विश्वास हो ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.