विद्यार्थीद्धारा विद्यार्थीलाई सहयोग

पुस १५,तनहुँ ।
व्यास ३ स्थित बाराही आवसीय माध्यामिक विद्यालयमा अध्ययनरत् बालबालिकाले ऋषिङ गाँउपालिका १ कोइदिमको अम्मर माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा साथै खेलकुद सामग्री सहयोग गरेका छन् ।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले तिहारमा दैउसी भैलो खेलर संकलित रकमबाट तनहुँको दुर्गम ठाँउका बालबालिकालाई सहयोग गरेको कार्यक्रम संयोजक विपिन गौलीले जानकारी दिए । बालबालिकाले अम्मर माविका ७८ जना बालबालिकालाई न्यानो कपडा र केही खेलकुद सामग्री सहयोग गरेका हुन् । बालबालिकाहरुले विगत ३ वर्ष देखी शिक्षकहरुको सहयोगमा तनहुँको विभिन्न ठाँउका बालबालिकाहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने कार्यक्रमका व्यवस्थापक राजेश रिमालले जानकारी दिए ।

अम्बर माविका विद्यालय व्यवथापन समितिका अध्यक्ष टेकबहादुर थापाको सभापतित्वमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बाराही आवसीय माविका व्यवस्थापन समितिका अध्यक्ष द्धारीका श्रेष्ठ, सदस्य रञ्जन कुमार श्रेष्ठ, उक्त विद्यालयका प्रअ कर्मसित थापा लगायतले विद्यार्थीहरुको यो कार्य ज्यादै उदाहरणीय रहेको बताएका थिए । मनोरञ्जनका नाममा फजुल खर्च गर्ने विकृति मौलाउदै गएको अवस्थामा विद्यार्थीले समाजिक सेवा प्रति देखाएको चासो सबैले अनुशरण गर्न लायक भएको वक्ताहरुको धारणा थियो ।
कार्यक्रममा कैलाश लौडारी, लक्ष्मण भुमी, अनिल न्यौपाने , सुवास थापा, अर्जन थापा, सौगान श्रेष्ठ, सुनिल श्रेष्ठ, अर्पन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.