विद्यार्थीबाट संकलित रकमबाट छात्रवृत्ति

तनहुँ, २० माघ
तनहुँको आदिकवी भानुभक्त क्यापसमा जीवन सेवा आभियानले संचालन गरेको विद्यार्थीद्वारा विद्यार्थीलाई सहयोग कार्यक्रमले आइतबार छात्रवृत्ति वितरण गरेको छ ।
गरिबीका कारणले उच्चशिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले इच्छुक विद्यार्थीबाट मासिक रु १० रुपैयाँ संकलन जम्मा भएको रकमबाट क्याम्पसका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जीवन सेवा आभियानका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

क्याम्पसमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत् अनिल वि क , कक्षा १२ मा विज्ञान विषयकी अस्मिता दरै र कक्षा ११ मा शिक्षा तर्फ मेजर अङ्ग्रेजी विषय अध्ययनरत् गिता पन्थलाई जनही रु. रु ३ हजार ५०० प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । सो रकम उनीहरुलाई आदिकवी भानुभक्त क्यापसक व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र बस्नेतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रम आदिकवी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले , निर्मल माबिका प्रअ गणेश चन्द्र बस्नेत लगायतले विद्यार्थीहरुमा नैतिक तथा आध्यात्मिक ज्ञान हुन आवश्यक भएको धारणा राखेका थिए । युवा पुस्तामा मानवीय मुल्य मान्यता र नैतिक शिक्षामा कमी आएको प्रति उनीहरुले चिन्ता समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...