विद्यार्थीलाई नेपाली खाना बारे प्रशिक्षण

तनहुँ,१९ फागुन
‘नेपाली फुड गुरु’ भनेर चिनिएका सुरेश वस्तेतले आइतवार विहान आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीलाई नेपाली फुड बारे प्रशिक्षण दिएका छन् ।  क्याम्पसका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाइ वस्नेतले अतिथि शिक्षक वनेर विद्यार्थीलाइ नेपाली खानाको विश्वव्यापीकरणले ल्याउने अवसर, पहाड देखि तराइ सम्मका भोजनको पर्यटन प्रवद्र्धनमा उपयोगीता र

नेपाली भोजनका विषेशताका वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । साथै बस्नेतले विद्यार्थीहरुको राखेका जिज्ञासाहरु समेत मेटाएका थिए ।  कार्यक्रममा वस्नेतले नेपालीहरुले आफना भोजनहरुलाइ संरक्षण गर्नुपर्ने र भोजनका किसिमहरु, पकाउने तरिका, तिनिहरुको विशेषता र महत्वका वारेका जानकारि राख्नुपर्ने बताए ।भोजनको पहिचानलाई महत्व दिदै प्रचारमा जुट्नुपर्ने उनले जोड दिए । नेपाली खानालाई विश्वव्यापीकरण गर्दै मौलिक खानाको प्रवद्र्धनबाट विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा जुटेका वस्नेत सेफ एसोसिएसन नेपालका उपाध्यक्ष रहिसकेका छन ।

पर्यटन प्रवर्धनमा केन्द्रित रहेका वस्नेतले नेपालका होमस्टेहरुलाई नेपाली भोजनका वारेमा तालिम ताथ सचेतना कार्यक्रम चलाउनुका साथै विदेशमा नेपाली भोजनका वारेमा आयोजित कार्यक्रमहरुमा कुसल नेपाली सेफको रुपमा तालिम समेत दिदै आइरहेका छन ।   वस्नेत क्याम्पसका पुर्व विद्यार्थी समेत हुन ।

You might also like

Comments are closed.