विद्यार्थीलाई न्यानो कपडा तथा खाजा सहयोग

पोखरा, १२ मंसिर ।
लायन्स क्लव अफ पोखरा लामाचौर र सच्चाई सत्सगले स्याङ्जाको वाडखोलामा रहेको चण्डिकालिका वहिरा आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन् । विद्यालयका २४ विद्यार्थीलाई सयुक्त रुपमा न्यानो कपडा तथा खाजा वितरण गरेको क्लवका सहसचिव सृजना कार्कीले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष संजय लामाले जुन सुकै स्थानमा पनि आवस्यकता अनुशार सहयोग गर्ने बताए । आफुहरुले गरेको सहयोगबाट विद्यालय परिवार खुसी भएको प्रथम उपाध्यक्ष ज्ञानु लामाले बताईन् ।

You might also like

Comments are closed.