विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

पुस १०,तनहुँ ।

जागौं युवा नेपालले जिल्लाको दुई विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
बन्दीपुर १, नाहाला स्थित जनता प्राथमिक विद्यालय र देवघाट ४, डुडेको चम्कादेवी आधारभुत विद्यालय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

व्यास ३, देउराली नगर निवासी बाबुराम पुरीको परिवारले जनता प्राविका ४७ जना विद्यार्थीलाई र चम्कादेवी आधारभुत विद्यालयका २१ बिद्यार्थीलाई सुइटर र शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

jutta mela

जनता प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए । ‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उनले भने, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’

जाडोको समयमा विपन्न विद्यार्थीलाई अध्ययन गर्न समस्या हुने भएकाले न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको सहयोगदाता बाबुराम पुरीले जानकारी बताए । विद्यार्थीलाई सहयोगदाता बाबुराम पुरी, उनकी श्रीमती शिव पुरी र छोरा अजय पुरीले सुइटर तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसममा अध्ययनमा सहयोग गर्न जागौं युवा नेपालले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण कार्यक्रम शुरु गरेको जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.