विद्यार्थीलाई सन्तुष्ट बनाउछौं : समिर थापा

समिर थापा मगर
प्रवन्ध निर्देशक
हिमाअस एजुकेशन कन्सल्टेन्सी पोखरा

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने क्रम बढेको छ । अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरी पोखरामा हिमाअस एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । स्मार्ट ओपन एकेडेमी पोखरासँगको समन्वयमा सञ्चालित हिमाअसका विशेषता, विद्यार्थीको प्रतिक्रिया लगायत विविध विषयमा प्रवन्ध निर्देशक समिर थापा मगरसँग गरिएको कुराकानीः

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको क्रेज कस्तो छ ?
उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीको रोजाईमा अष्ट्रेलिया परेको छ । अध्ययनसँगै रोजगारी पनि जोडिएको हुन्छ । अध्ययनसँगै रोजगारीको अवस्था पनि त्यहाँ राम्रो छ । लगानी धेरै गरेपनि आउटपुट पनि राम्रो हुने भएकाले अष्ट्रेलिया अध्ययनको उपयुक्त गन्तव्य बनेको हो । पिआरका साथै डिपेन्डेन्टको लागि पनि सहज भएकाले विद्यार्थी अष्ट्रेलिया जान चाहन्छन् ।

हिमाअसप्रति विद्यार्थीको प्रतिक्रिया कस्तो छ ?
हिमाअस अष्ट्रेलियाको सिड्नीबेस कम्पनी हो । सन् २००८ देखि नै अष्ट्रेलियामा रहेका विद्यार्थीलाई यसले सहयोग गर्दै आएको छ । यहाँबाट केही कुरा नबुझी गएका तथा त्यहाँ गएपछि विभिन्न समस्या आएमा विद्यार्थी हिमाअसमा आउने गरेको हामीले पाएका छौं । यसले वर्षमा हजारौं विद्यार्थीलाई अष्ट्रेलियामा सेवा तथा सहयोग गरिरहेको छ । मेलवर्नमा पनि यसले आफ्नो कार्यालय स्थापना गरेको छ । हाम्रो मार्केटिङ यहाँ भन्दा अष्ट्रेलियामा धेरै छ । हामीले विद्यार्थीलाई सन्तुष्ट बनाएका छौं । काठमाडौं तथा पोखरामा पनि हाम्रो अफिस छ भन्दा उनीहरु खुसी हुन्छन् । हामीले विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । आफ्नो आफन्त तथा साथीभाइलाई पनि हिमाअस मार्फत नै अष्ट्रेलिया जाने सल्लाह दिने गरेको हामीले पाएका छौं । यहाँबाट भन्दा पनि उताबाट नै विद्यार्थी रिफर हुने गरेका छन् ।

हिमाअस पोखरा शाखा कहिलेदेखि सञ्चालनमा आएको हो ?
गत सेप्टेम्वरदेखि हामीले पोखराबाट पनि सेवा शुरु गरेका हौं । हामीले हाम्रो कामबाट विद्यार्थीलाई शतप्रतिशत सन्तुष्ट गराएका छौं । आयल्समा पनि विद्यार्थीले राम्रो स्कोर ल्याएका छन् । हाम्रोमा अहिलेसम्म भिजा रिजेक्ट भएको छैन । हामीले धेरै ग्याप भएका विद्यार्थीलाई पनि अष्ट्रेलिया पठाएका छौं । अष्ट्रेलियाको लागि अन्य कन्सल्टेन्सीले प्रथम श्रेणी ल्याएका विद्यार्थीमात्र लिने गर्छन् तर हामीले ५६ प्रतिशत ल्याएका विद्यार्थी पनि अष्ट्रेलिया पठाएका छौं ।

जापानका लागि पनि धेरै वर्षदेखि काम गरिरहनुभएको छ । जापान र अष्ट्रेलियामा के अन्तर छ ?
पोखरामा हामीले बिगत लामो समयदेखि स्मार्ट ओपन एकेडेमी सञ्चालन गरिरहेका छौं । स्मार्ट ओपनले जापान जाने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । अहिले हामीले प्रतिष्ठित संस्था हिमाअसलाई पोखरामा स्थापना गरेका छौं । हिमाअसले अष्ट्रेलिया लक्षित सेवा प्रदान गरिरहेको छ । अष्ट्रेलिया जाने र जापान जाने विद्यार्थीको क्याटागोरीमा धेरै फरक पर्छ । कम स्कोर भएका विद्यार्थी पनि सजिलै जापान जान सक्छन् । राम्रो अंक ल्याएका विद्यार्थीको रोजाईमा जापान पर्दैन । जापान पनि नराम्रो ठाउँ होइन । पढाईको हिसाबले पनि जापान राम्रो छ । विद्यार्थीको बिचमा मैले राम्रो पढेकाले म अष्टे«लिया जानुपर्छ जापान जानुहँुदैन भन्ने भ्रम पाइन्छ । क्वालिफिकेसन राम्रो भएका विद्यार्थी जापान नजाने र अष्ट्रेलिया रोजाईमा पर्ने भएकाले हिमाअसमार्फत हामीले सेवा शुरुवात गरेका हौं । स्मार्ट ओपनबाट जापान पठाउने काम गरेकाले अष्ट्रेलिया पठाउन छुट्टै नामबाट काम शुरु गरेका हौं । राजमान सरसँग मिलेर काम शुरु गरेका छौं । उहाँ अष्ट्रेलिया बस्नुहुन्छ । विद्यार्थीलाई पिकअप गर्ने, काम खोज्न सहयोग गर्ने, केही समस्या आएमा समाधान गर्न सहयोग गर्नुहुन्छ ।

पोखरामा हिमाअसको स्थापना कसरी भयो ?
अष्ट्रेलियामा रहेको हिमाअस र पोखरामा रहेको स्मार्ट ओपन एकेडेमीमार्फत संयुक्त रुपमा हिमाअस संचालन गरेका हौं । हिमाअस आफैमा पुरानो कन्सल्टेन्सी हो । यसले धेरै कलेज तथा युनिभर्सिटीको रिप्रिजेन्टेटिभ भएर काम गरिरहेको छ ।

यो व्यवसायमा प्रतिश्पर्धा कस्तो छ ?
इण्डियन ठूला कम्पनी हाम्रा प्रतिश्पर्धी हुन् । प्रतिश्पर्धामा जानको लागि अष्ट्रेलियामा भएका अन्य राम्रा तथा ठुला पाँच वटा एजेन्सी मिलेर ग्लोबल फाइभ भन्ने नयाँ एजेन्सी बनेको छ । ग्लोबल फाइभमा अष्ट्रेलियामा भएका प्राय सबै कलेज तथा युर्भिसिटी छन् । हामीले धेरै विद्यार्थीको सेवा गर्ने मौका पाएका छौं । हामीले अष्ट्रेलियामा भएका नेपाली कन्सल्टेन्सी मर्ज गरेर काम गर्ने तयारी गरिरहेका छौं ।

हालैमात्र सम्पन्न सेमिनारमा विद्यार्थी सहभागिता कस्तो थियो ?
सेमिनारमा विद्यार्थीको उपस्थिति राम्रो थियो । विभिन्न कलेजका विद्यार्थीको पनि सहभागिता थियो । उत्साहजनक रुपमा विद्यार्थी सेमिनारमा आएका थिए । एडमिसन विक भनेर एक हप्तासम्म कार्यक्रम गरेर अष्ट्रेलियाबाट प्रतिनिधि बोलाएको हामी नै पहिलो हो जस्तो मलाई लाग्छ ।

विद्यार्थीलाई के कस्ता सेवा तथा सुविधा प्रदान गर्नुहुन्छ ?
हामीले पोष्ट ल्याण्डिङको सर्भिसलाई प्राथमिकता दिएका छौं । हामीले उता गएपछि आउन सक्ने समस्या विद्यार्थीलाई भन्छौं र नआत्तिन सुझाब दिन्छौं । लामो समयदेखि नै हामीले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेका छौं । हामीले विद्यार्थीलाई झुटो आस्वासन दिदैनौं । सत्य तथ्य जानकारी हामी दिन्छौं । नयाँनयाँ प्राक्टिस् पनि हामीले गरिरहेका छौं । विद्यार्थीको बैंक एकाउण्ट पनि हामी यहाँबाटै खोलेर पठाउछौं । एकदम जटिल केस पनि हामीले ह्याण्डिल गरिरहेका छौं । विद्यार्थीलाई सन्तुष्ट बनाउनु नै हाम्रो लक्ष्य हो । हामीले न्युनतम शुल्कमा नै विद्यार्थी पठाउछौं । आयल्समा पनि हाम्रोमा आउने विद्यार्थीको स्कोर हाई छ । यसले पनि हामीलाई सर्पोट गरेको छ ।

You might also like

Comments are closed.