‘विद्यार्थी र काउन्सिलरबीचको दुरीलाई न्युन गर्दै उचित परामर्श दिन्छौं’

कंगारुमा आउने विद्यार्थीलाई पूर्ण पारिवारिक वातावरणमा परामर्श सेवा प्रदान गर्न हामी सफल छौं । विद्यार्थी र काउन्सिलरबीचको दुरीलाई न्युन गर्दै उचित परामर्श दिन्छौं । हरेक विद्यार्थीलाई आफ्नै भाइ बहिनी सरह माया गर्छौं । प्रोफाइल हेरेर कुन विषय र विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीको भविश्य राम्रो हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर काउसिलिङ गर्न हामी सफल छौं ।

विद्यार्थीहरु अष्ट्रेलिया तथा न्युजिल्याण्ड गइसकेपछि पनि हामी उनीहरुलाई साथ दिन्छौं । आवश्यक पर्ने सल्लाह र सहयोग तथा सुझावको निरन्तरता दिन्छौं । आफै अष्ट्रेलिया पढेर आएको हैसियतले अष्ट्रेलियाका बारेमा मेरो विशेष दख्खल पनि छ । अष्ट्रेलियाका विविध समस्याहरुका बारेमा विद्यार्थीमा अग्रिम जानकारी गराउँछौं । विदेश गइसकेपछि पढ्ने, काम पनि गर्ने र अलिअलि पैसा पनि कमाउनुपर्ने हाम्रो बाध्यता हुन्छ । त्यसपछि आफू बनेर आफ्नै देश नेपालमा आएर केही नौलो काममा लाग्न हामीले विद्यार्थीलाई प्रेरणा प्रदान गर्छौं । विद्यार्थीको भविष्यप्रति हामी पूर्ण चिन्तित हुन्छौं ।

You might also like

Comments are closed.