विद्यालयमा ‘जङक फुड’ निषेध, जन्मदिनमा चकलेट बाँडे कार्बाही

रामपुर, २२ पुस । विद्यार्थीहरु जन्म दिन मनाउने क्रममा प्राय साथीभाइलाई चकलेट दिने र ‘जङक फुड’ बाँड्ने गर्छन् । तर, पाल्पाको एक विद्यालयमा जन्मदिनमा जङक फुड बाँड्न र चकलेट दिन निषेध गरिएको छ ।

रामपुर–१० रामटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा जङक फुड निषेध गरिएको छ । जङकफुड निषेध मात्रै होइन जन्मदिनमा चकलेट बाँड्न पनि निषेध गरिएको छ ।

वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यो अभियान सुरु गरिएको प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले जानकारी दिए । जन्मदिनमा साथीहरुलाई चकलेट नबाडी शुभकामना आदानप्रदान गर्न प्रोत्साहन गरिने उनले बताए ।

You might also like

Comments are closed.