विद्यालयलाई महालक्ष्मी दमौली शाखाको सहयोग

तनहुँ, २९ पौष
महालक्ष्मी विकास बैंक लिमिटेड दमौली शाखा व्यास नगरपालिका वडा नं १० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । बैैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई १००० लिटरको खानेपानी ट्याङ्की, ८ वटा जग र ५ वटा डस्टविन   हस्तान्तरण गरेको शाखा प्रबन्धक सुदीप न्यौपानेले जानकारी दिए  ।

उक्त विद्यालयमा शुद्ध खानेपानीको अभावलाई मध्यनजर गर्दै ट्यांकी हस्तान्तरण गरेको न्यौपानेले बताए । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यालयका प्रअ रामचन्द्र न्यौपाने (आ.सी)लाई हस्तान्तरण गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे । सञ्चालनमा आएको ४ महिनामै शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे । विद्यालयमा पढ्ने बालबालिकामा उचित संस्कार र सभ्यता निर्माण सामग्री उपयोगी हुने वाग्लेले   विश्वास व्यक्त गरे ।

त्यस्तै गरी वडा नं १०का वडा अध्यक्ष तुलसीराम सापकोटाले बैंकले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए । सहयोग सामग्री प्रति आभार व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाले आगामी दिनमा अझै बढी सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै विद्यालयका प्रअ पोख्रेलले सामग्रीको उचित उपयोग गर्ने बताए । “विद्यालयमा शुद्ध खानेपानीको अभाव थियो, बैंकको सहयोगले विद्यार्थीहरुले शुुद्ध पानी पिउने पाए” उनले भने।
आगामी दिनमा बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक वातावरणलाई मदत पुग्ने खालका वर्षमा २ वटा कार्यक्रम विद्यालयमा ल्याउने प्रबन्धक न्यौपानेले उद्घोष गरेका थिए ।
हालसम्म बैंकका ८९ शाखा विस्तार भइसकेका छन भने यस वर्षको अन्त्यसम्म ९६ वटा शाखा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।

You might also like

Comments are closed.