विद्यालय संचालनमा लेउवा संघको चासो

कास्की । विश्व व्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपको मारमा परेका विद्यालयहरु संचालन गर्न लेखनाथ उद्योग वाणिज्य संघले चासो देखाएको छ । कोभिड–१९ले शिक्षा क्षेत्रमा पारेको असर सम्वन्धमा सरोकार वालाहरुसँग सोमबार राखिएको कार्यक्रममा विद्यालय खेल्नु पर्ने भुमिकाका बारेमा छलफल गरिएको हो ।

कार्यक्रममा नेशनल प्याब्सनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भटराईले सरकारले अन्य क्षेत्रलाई जस्तै निजी विद्यालयलाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिदै विद्यार्थीको भबिश्य अन्योलमा नराख्न आग्रह गरेका थिए ।

सोही अवसरमा प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले समग्र विद्यालयको अवस्थाका बारेमा जानकारी गराउँदै शिक्षा क्षेत्रमा देखिएको अन्यौलताको छिटै अन्त्ये हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विभेदकारी नीतिको अन्त्य हुनुपर्ने बताएका थिए । युनिप्स कास्कीका अध्यक्ष सन्त बहादुर गुरुङले निजी क्षेत्रका विद्यालय संचालनमा सरकारी नीति अस्पष्ट भएको गुनासो राखेका थिए ।

सोही अवसरमा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले निजी क्षेत्रका ब्यवसायीको समस्याप्रति सरकार गम्भीर नभएको गुनासो राखेका थिए । संघका पुर्व अध्यक्ष बाबुराम गिरीले स्कुल, कलेज खुलाउन सरकारले नै अग्रसरता देखाउनु पर्ने सुझाव राखेका थिए ।

संघका अध्यक्ष बलराम ढकालले निजी क्षेत्रका समस्याप्रति संघ जिम्वेवार भएर सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता देखाएका थिए । संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रमा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.