विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न बैंकहरुलाई निर्देशक, कर्मचारीलाई आलोपालो प्रणाली

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेसँगै राष्ट्रबैंकले बैंकहरुलाई परिपत्र गरी विद्युतीय प्रणालीबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

सरकारबाट जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न बैंकहरुलाई आग्रह गरिएको छ । ‘बिजनेश कन्टिन्युटी प्लान’ तयार गरी कोभिड १९ को संक्रमण जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो ।

घरबाटै काम गर्न सकिने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ । प्रदेशका कार्यालयहरुको हकमा प्रदेश सरकार, स्थानीय तहहरुको निर्णयहरुलाई समेत मध्यनजर गरी बैंकको प्रदेश कार्यालयहरुसँग समन्वय गरी सकेसम्म थोरै कर्मकारीबाट सेवा प्रदान गर्न भनिएको छ ।

You might also like

Comments are closed.