पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आवद्ध विपन्न समुदायका २ सय घर परिवारलाई साबुन वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि सरसफाइमा टोलबासीलाई सचेत बनाउन साबुन वितरण गरिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले जानकारी दिए ।
टोलमा साबुन वितरण गर्न पोखराको लेकसाइडमा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको हो ।
कृष्ण टोल विकास संस्था र कृष्णटोल आमा समूहको पहलमा साबुन वितरण गरिएको हो । प्रत्येक घर÷घरमा पुगेर शनिबार साबुन वितरण गरिएको कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन् ।
Comments are closed.