विपन्न परिवारलाई राहत

 

पोखरा ।

कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गरेर खाने विपन्न परिवारलाई गण्डकी बोर्डिङ स्कुल भुतपुर्व विद्यार्थी संगठनले राहत वितरण गरेको छ । उनीहरुले पोखराका १ सय विपन्न परिवारलाई चामल, तेल, दाल लगायतका खाद्यन्न सहयोग गरेका हुन् । पोखरा महानगरपालिका वडा नं ५, १६, ११ र १३ का विपन्न परिवारलाई आफुहरुले राहत वितरण गरेको अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए ।

‘तीन सय परिवारलाई राहत वितरण गर्ने हाम्रो योजना अनुसार पोखरामा एक सय, बुटवलमा एक सय र धादिङमा एक सय घर परिवारलाई राहत वितरण गरेका छौ ।’, श्रेष्ठले भने काठमाडौमा भएका सडकको पेटीमा बस्नेहरुलाई दैनिक खाना समेत खुवाएको उनले बताए ।
महानगरपालिकासँग राहत वितरणको स्विकृति लिएर नै आफुहरुले विपन्नलाई खाद्यन्न सहयोग गरेको श्रेष्ठले बताए । महानगरपालिकाले स्विकृति पत्रमा उल्लेख गरिदिएको वडामा मात्रै राहत वितरण हामीले गरेका छौ’, उनले भने ।

श्रेष्ठका अनुसार संस्थाको तर्फबाट पोखरामा स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागिएको छ ।

You might also like

Comments are closed.