विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

पोखरा, ३१ असार ।

पोखरा महानगरपालिका वडा नं १५ मा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

वडा नं १५ को आयोजनामा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रम उक्त वडामा रहेका शिशु कक्षा देखि कक्षा १० सम्म अध्ययनरत जेहेन्दार, र विपन्न समुदायका ४० जना विद्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक एवं वडा सदस्य मन्दिरा परियारले जानकारी दिईन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जेष्ठ नागरिक मोतीलाल कुँवरले कालिका मा.बि रामबजार कक्षा १ मा अध्ययनरत छात्रा सञ्जु बि.क लाई कापि, कलम, स्कूल ड्रेस, स्वीटर प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष प्रकाश पौडेलले आँफुले वडा अध्यक्षको उम्मेदवारी दिने बेलामा नै १५ नं वडालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेको र सोही बमोजिम यस अघिपनि ८० भन्दा बढि बालबालिकाहरुलाई सहयोग गरिसकेको बताए । आगामी दिनमा वडाले समाजसेवी र दाताहरु संग मिलेर आफ्नो अभियानलाइ तीब्रता दिने उनले बताए ।

कार्यक्रममा वडा न १५ का जनप्रतिनिधि तोरन बानियाँ, रुक बहादुर गुरुङ , अभिभावक, समाजसेवी सुचित्रा थापा, कमल पौडेल, बलराम पौडेल, शिक्षक शिव भण्डारी लगायतको उपस्थिति थियो । वडा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा महिला सदस्य पार्वती कार्कीले गरेकी थिईन् ।

You might also like

Comments are closed.