विप्लवको बन्दमा बाइकमा कुलमान

 

काठमाडौ १४ जेठ
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा सधै हुने गर्छ । तर यस पटक उनको चर्चा अलि फरक रुपमा भएको छ ।

हिजो विप्लव माओवादीले गरेको बन्दको समयमा उनी बाइक चढेर कार्यक्षेत्रमा खटिएको चर्चाले अहिले सामाजिक सञ्जालमा स्थान लिएको छ । उनी बाइकको पछिल्लो भागमा बसेको तस्बिर अहिले भाइरल बनेको छ ।

हेटौंडाबाट आइतबार राति चितवन आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यतालिका सोमबार बुटवल जाने थियो । तर, उनी विप्लवको बन्दका कारण भरतपुरमै रोकिए ।

बन्दका कारण भरतपुरमा रोकिएका कुलमानले समयको सदुपयोग गरे । भरतपुरका समस्याहरूका बारेमा जानकारी लिए । समस्याको तत्काल समाधानका लागि निर्देशनसमेत दिएका छन् ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतो कार्यालयकै कामले हेटौंडामा रहेकोले कुलमानले भरतपुर महानगरपालिकामा पुगेर मेयर रेनु दाहालसँग समस्याबारे जानकारी लिएका छन् ।

भरतपुर विमानस्थलको दक्षिण पूर्व क्षेत्रमा रहेका विजुलीका तार र पोल नसार्दा हवाई दुर्घटनाको जोखिम बढेको जानकारी पाए लगत्तै कार्यकारी निर्देशक घिसिङले वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई फोन गरेर तत्काल तार अण्डरग्राउण्ड गर्न निर्देशन दिए ।

You might also like

Comments are closed.