विमान दुर्घटना अपडेटः मृतकको संख्या ४६ पुग्यो

काठमाडौं, २८ फागुन । बंगालादेशको ढाकाबाट काठमाडौं आएको युएस बंगालको बिमान दुर्घटनामा ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणको क्रममा सोमबार दिउसो विमान दुर्घटनामा परेको हो ।

दुर्घटना परेको विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्यसहित ७१ जना थिए । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।

You might also like

Comments are closed.