विरेन्द्र मेमोरियलमा पुरस्कार वितरण

पोखरा २६ माघ ।
पोखरा महानगरपालिकावडा नं ५ मा रहेको विरेन्द्र मेमोरियल बोर्डिङ स्कूलमा शैक्षिक सत्र २०७३–७४ को शैक्षिक पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शैक्षिक पुरस्कार संगै २०७५ सालमा आयोजित खेलकूद प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरणगरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा शैक्षिक पुरस्कार अन्र्तगत कक्षागत रुपमा प्रथम द्वित्तिय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न विधाका खेलकूदतथा अतिरिक्त कृयाकलापमा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना स्थान हासील गर्न सफल विद्यार्थीहरुलाई पनि पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य, गायन तथा विविध साँस्कृतिक प्रस्तुति प्रर्दशन गरे ।
सो अवसर माबोल्दै विद्यालयका निर्देशक रुद्रनाथ अधिकारीले २०६९ देखि ७१ सम्म लगातार कास्की जिल्ला शिक्षा कार्यालयबाट सत प्रतिशत नतिजा ल्याउने विद्यालयको श्रेणीमा पर्न सफलहुँदै पुरस्कृत भएको जानकारी दिए । त्यस्तै एनप्याब्सनअन्र्तगत २०७२ सालको एस एल सी परिक्षामा छात्रतर्फ प्रथम हुन सफल नतिजा हासिल गरेको अधिकारीले बताए ।

कार्यक्रममा अभिभावक विष्णु दाहाल, विद्यालयका परीक्षा संयोजक बाबुराम सुवेदी, संस्थापक लेखाप्रमुख सन्तोष अधिकारी, माध्यमिक तह अंग्रेजी शिक्षक सुरेसकुमार थापा लगायतले बोलेका थिए । विद्यालयका निर्देशक रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य खगेन्द्र अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.