विवाहको रजत वर्षमा तिमिल्सिना दम्पतीले गरे दृष्टिबिहीन ढकाललाई सहयोग

पोखरा, ३१ जेठ । समाजसेवी तथा व्यवसायी भीमसेन तिमिल्सिना र बन्दना तिमिल्सिनाले दृष्टिबिहीन सन्दिपा ढकाल रेग्मीलाई २५ हजार रुपैयाँ सहयोग गरेका छन् । तिमिल्सिना दम्पतीले दाम्पत्य जीवनको २५औं वर्षगाँठ (रजत वर्ष)को अवसरमा धादिङ गंगा जमुना गाउँपालिका निवासी ढकाललाई घरको छतका लागि जस्तापाता किन्न रकम सहयोग गरेका हुन् ।

ढकाल परिवार जिर्ण घरमा बस्न बाध्य थिए । ढकालको परिवारमा उनी सहित ३ जना दृष्टिबिहीन छन् । तिमिल्सिनाले नेपाल नेत्रहीन संघमार्फत रकम सहयोग गरेका हुन् । लायन्स क्लब अफ पोखरा चौतारीका सदस्यसमेत रहेका तिमिल्सिनाले यस अगाडि नेत्रहीन संघको भवन निर्माणका लागि पोखरामा १ करोड रुपैयाँ बराबरको जग्गा दान गरेका थिए ।

सहयोगी भवनाका तिमिल्सिना परिवारले दृष्टिबिहीनहरुका लागि यस अगाडि ६ वटा कम्प्युटर पनि सहयोग थिए । तिमिल्सिनाले दृष्टिबिहीनहरुका लागि निरन्तर सहयोग गरिरहेको नेपाल नेत्रहीन संघका महासचिव शिशीर खनालले बताए ।

You might also like
1 Comment
  1. jagadish prasad adhikari says

    धेरै राम्रो काम भीमसेन सर ,,, सहयोगी हातहरुलाई धेरै धेरै धन्न्यबाद !

Comments are closed.