लेखनाथ । आफ्नो विवाहको २५ औं वर्षगाँठका अवसरमा पोखरा ३३ मा रहेको सरस्वती टिका मा.वि.का २४ जना अपाङग विद्यार्थीहरुलाई सहयोग गरिएको छ । पोखरा २६ निवासी याम रोका तथा उनकी श्रीमती इन्दिरा रोकाले सहयोग गरेका हुन् । वौद्धिक अपाङ्ग रहेका २४ जना आवासीय विद्यार्थीहरुलाई विद्यालयमा एक कार्यक्रमकाबीच सहयोग प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि आचार्य, सदस्य लाल पराजुली, विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकको उपस्थितीमा गर्मी याममा प्रयोग हुने २४ थान लत्ता कपडा तथा खाजाका सामग्री वितरण गरिएको छ । यस प्रकारको सहयोग गर्न पाएकोमा आत्माबाट नै सन्तुष्टि मिलेको रोका दम्पतीले बताए ।
Comments are closed.