विविध कार्यक्रमसहित कास्कीमा ६२औं सहकारी दिवस मनाइँदै

आर्थिक आवाज
पोखरा, १९ चैत । जिल्ला सहकारी संघ लि. कास्कीको अगुवाईमा विविध कार्यक्रमसहित ६२औं सहकारी दिवस मनाइएको छ । बुधबार ६२औं सहकारी दिवसको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा सहकारीसभा आयोजना गरिएको जिल्ला सहकारी संघ लि.का अध्यक्ष रविरमण तिवारीले जानकारी दिए ।

न्युरोडस्थित पोखरा महानगरपालिकाबाट सहकारी ¥याली हुनेछ । ¥याली सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा पुगेपछि सभामा परिणत हुनेछ । सहकारी दिवसको पूर्व सन्ध्यामा मंगलबार कास्कीका सहकारीहरुले आआफ्नो संस्था वरपर सरसफाई कार्यक्रम गरेका छन् । बुधबार रक्तदान कार्यक्रम आयोजना भएको थियो । रक्तदान कार्यक्रमबाट १ सय १४ युनिट रगत संकलन भएको संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले जानकारी दिए । सहकारी दिवसकै पूर्व सन्ध्यामा पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

Comments are closed.