विशालको आयोजनामा माछापुच्छ्रेमा स्वास्थ्य शिविर हुँदै

पोखरा, ९ जेठ । विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखराले माछापुच्छ्रे गाउँपालिका २ स्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाको स्वास्थ्य उपसमिति मार्फत शनिबार शिविर आयोजना गरिएको कार्यबहाक अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिए ।

मनिपाल शिक्षण अस्पतालका वरिष्ठ प्रस्तुति तथा स्त्रीरोग विशेषज्ञ डा. जुनु श्रेष्ठको समूहले महिलाहरुको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य उपसमिति संयोजक बुद्धिप्रसाद पौडेलले जानकारी दिए । शिविरबाट त्यस क्षेत्रमा महिलाहरु लाभान्वित हुने उनले बताए ।

सहकारीले वर्षेनी स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिविर आयोजना गरिएको सचिव सुदिप ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.