विशाल कोअपरेटिभद्वारा रक्तदान आयोजना, ६१ युनिट रगत संकलन

पोखरा । विशाल कोअपरेटिभ संस्था लिमिटेड वुद्धविशालबजार पोखराको आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरामा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम सञ्चालन गरिएको सहकारीका उपाध्यक्ष शिव शर्माले जानकारी दिए ।

कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । सहकारीका स्वास्थ्य उपसमिति संयोजक वुद्धिप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सञ्चालन संस्थाका सचिव तारादेवी सिग्देलले गरेकी थिइन् ।

सहकारीमा १ हजार २ सय ९२ जना सेयर सदस्य छन् । ७ करोड ४२ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले ५५ करोड रपैयाँ निक्षेप संकलन गरी ५१ करोड रुपैयाँ ऋण लगानी गर्न सफल रहेको प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.