विशाल को–अपरेटिभको सञ्चालन मुनाफा २ करोड ४५ लाख

पोखरा, २ साउन ।

पोखरा महानगरपालिका ४ बुद्ध विशाल बजारमा रहेको विशाल को–अपरेटिभ संस्था लि.ले आर्थिक वर्ष २०७४÷०७५ मा २ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । १९ वर्ष अगाडि स्थानीय व्यवसायीबाट स्थापित सहकारीको शेयर पुँजी ५ करोड २६ लाख, निक्षेप तथा बचत ४२ करोड रुपैयाँ रहेको सचिव सुदिप ढकालले जानकारी दिए ।

सहकारीको ऋण तथा लगानी ४० करोड रुपैयाँ छ । संस्थामा १ हजार ३ सय ३ जना सेयर सदस्य छन् । जगेडा एवं अन्य कोषमा २ करोड रुपैयाँ रहेको ढकालले जानकारी दिए । ६१औं राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी संस्थाबाट पुरस्कृत विशालले सदस्य केन्द्रित सेवाहरु प्रदान गरिरहेको छ ।

सदस्य राहत कोष, सदस्य पेन्सन योजना, स्वास्थ्य शिविर लगायतका विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाका कार्यवहाक अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिए । ‘स्वास्थ्य कर्जा, सामाजिक कर्जा, शैक्षिक कर्जा, उत्पादनमुलक कृषि कर्जामा लगानी बढाइरहेका छौं,’ उनले भने ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...