विश्वकर्मा बाबाको जन्मदिनमा ड्राईभिङ स्कुल

पोखरा, १ असोज ।

पोखरामहानगरपालिका वडा नं ५प¥स्याङमा रोड स्मार्ट ड्राईभिङ स्कुल प्रा. लि. संचालनमा आएको छ । विश्वकर्मा बाबाको जन्मदिनमा पुजा गरेर शुभारम्भ गरिएको स्कुलका संचालक मध्यका एक प्रकाश थापाले बताए ।

करिब ८० लाखको लगानीमा दुइवटा कोट तयार पारिएको छ । जसमध्ये एउटा कोट मोटर साइकल र स्कुटर सिक्नेहरुको लागि हो भने अर्को कोट जिप, कार, भ्यान र ट्याक्सी सिकाउनको लागि हो । सवारी साधनहरु बिलासिता भन्दा पनि आवश्यकता हुन थालेका छन् । दक्ष भएर मात्र सवारी साधन चलाउनुपर्छ । दक्ष हुनका लागी दक्ष चालकहरु बाट सिकेमा छिटो सिकिने हुँदा यस रोड स्मार्ट ड्राईभिङ स्कुल प्रा.ली.ले छिटो र दक्ष चालक बनाउनेमा संचालक ढुक्क छन् । बाग्लुङ हाइवेको प¥स्याङचोक देखि १०० मिटर भित्र सुविधा सम्पन्न ड्राईभिङ स्कुलमा सुरुमा सिक्न आउने जो कोहिलाई पनि एक हजार रुपैयासम्म छुट दिने बताए ।

अर्की संचालक लुम्विनी विकास बैंक लामाचौर शाखाका शाखा प्रवन्धक संगीता पौडेलले पुरुषको लागि मात्र नभई महिलाको लागि पनि सवारी साधन आवस्यक भएको बताईन् । आफ्नो बिहान बेलुकाको फुर्सदमा दक्ष चालकहरुबाट सबारी चलाउन सिक्दा समयको पनि सदुपयोग हुने र आफ्नो सबारी आँफै चलाउन सकिने उनले बताईन् बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म ड्राइभिङ स्कुल खुल्नेछ । नेपाल सरकारबाट मान्यता प्राप्त यस रोड स्मार्ट ड्राईभिङ स्कुल प्रा.ली. गण्डकी प्रदेशकै नमुना ड्राईभिङ स्कुलको रुपमा अगाडी बढ्ने संचालक थापाले बताए ।

You might also like

Comments are closed.