विश्वकर्मा समाजको भवन सिलान्यास

पोखरा, ३१ असार ।

विश्वकर्मा सेवा समाज कास्कीद्धारा निमार्ण गर्न लागिएको समाज घरको आईतबार सिलान्यास गरिएको छ । हिन्दु संस्कार अनुसार वटुकहरुद्धारा मन्त्रोचरण गरि समाजका पदाधिकारीहरुले सम्युक्त रुपमा भवनको सिलन्यास गरेका थिए ।

समाजका उपाध्यक्ष एवं भवन निर्माण समितिका आर्थिक संकलन संयोजक दशरथ सुनारले समाज घर बनाउने कार्य चुनौतिपुर्ण भए तापनि सबैको सानो सानो सहयोगले सजिलै पुरा हुने वताए । संस्थापक अध्यक्ष निर्मल दियालीले समाजको स्थापनाकालदेखि भवन निर्माणसम्मको उतारचढावका वारेमा वताउँदै र सहयोगदाताहरुलाई धन्यवाद दिए ।

समाजका सल्लाहकार दुर्गाबहादुर सुनार, उद्योगपती बाबुराम विश्वकर्मा, समाजसेवीहरु चन्द्रकिशोर गौतम, किशोर विश्वकर्मा, सिता पन्थी, महेन्द्र विश्वकर्मा, अमर विश्वकर्मा, किसान विश्वकर्मा लगायतले सबै मिलेर नमुना समाज घर बनाउने वताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७, घारीपाटनमा २ करोड ५० लाख जग्गा खरिद गरेर सोही जग्गामा समाजले करिब २ करोडको समाज भवन बनाउन लागेको समाजका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८ का अध्यक्ष निर्मल दियालीले वताए ।

समाजका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा समापन तथा धन्यवाद ज्ञापन उपाध्यक्ष भविन्द्र विश्वकर्माले र संचालन रविन विश्वकर्माले गरेका थिए ।

You might also like

Comments are closed.