विश्वकै सबैभन्दा लामो केबुलकार अब मुक्तिनाथमा, विशेषतासहित

काठमाडौं । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ ।

विज्ञप्तिका अनुसार नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागेको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रालिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आइडिया फर नेपाल प्रालिको रहनेछ ।

स्मरण रहोस्, ४५ देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको आइडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार, पर्यटन तथा प्रविधिका विभिन्न परियोजनामा पनि लगानी गर्दै आएको छ ।

MANASLU

कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको उक्त केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ ।

कम्पनीले जनाएअनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ । हालसम्मको अध्ययन अनुसार उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...