विश्वको सबैभन्दा तीव्र गतिको बाइक, यस्ता छन् विशेषता

काठमाडौं । तीव्र गतिमा बाइक चलाउन शौखिन बाइक प्रेमीहरुको लागि विभिन्न कम्पनीहरुले नयाँ नयाँ बाइकहरु निर्माण गरिरहेका छन् । विश्वको सबैभन्दा तीव्र गतिको बाइक डज टोमाहक हो । जसको स्पिड अनुमान गरेभन्दा निकै बढी छ ।

डज टोमाहकलाई सन् २००३ मा डेट्रोयटस्थित उत्तर अमेरिकन इन्टरनेशनल अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो । सो बाइकलाई नन स्ट्रिट लिगल कन्सेप्टको रुपमा प्रदर्शनी गरिएको थियो । सो बाइकमा ४ टायर रहेको छ र हरेक टायरमा अलग अलग सस्पेन्सन जडान गरिएको छ ।

सो बाइकमा ८.३ लिटर, १० भल्व इन्जिन जडान गरिएको छ । सो बाइकमा ८२७७ सीसीको इन्जिन जडान गरिएको छ जसले ५०० एचपीको पावर र ७१२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा २ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ । कम्पनीले सो बाइक १.७५ सेकेन्ड देखि २.५ सेकेन्ड भित्र ० देखि ९६ किलोमिटरको स्पिडमा गुड्ने दाबी गरेको छ । यसको टप स्पिड ४८० देखि ६८० किलोमिटर प्रति घन्टा रहेको छ । बाइकको सो स्पिड पावर र गियरिङमा आधारित छ ।

You might also like

Comments are closed.