विश्व दुग्ध दिवसमा पत्रकार श्रेष्ठ र किसानलाई सम्मान

पोखरा । १८औं विश्व दुग्ध दिवसको अवसरमा राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो । श्रेष्ठलाई ११ हजार १ सय ११ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी तथा समाजका अध्यक्ष दीपक तिमिल्सिनाले श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मानित श्रेष्ठ आर्थिक आवाज पत्रिकाका कार्यकारी सम्पादक हुन् । किसानहरु जीवनकुमार अधिकारी, ओमप्रकाश अधिकारी, शोभाखर भण्डारी र प्राविधिक शेरबहादुर मगरलाई समेत सोही अवसरमा सम्मान गरिएको छ । उनीहरुलाई पनि ११ हजार, १ सय ११ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

You might also like

Comments are closed.