विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सव

पोखरा, १० असोज । विश्व पर्यटन दिवसका अवसरमा रेवान पोखराले बिहिबार मिनि सडक महोत्सव आयोजना गर्ने भएको छ । रेवानद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बाराही घाटदेखि खहरेसम्मको झण्डै १ किलोमिटर क्षेत्रमा मिनि स्ट्रिट फेष्टिबल हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक समेत रहेका रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले महोत्सवमा विभिन्न देशका खाना, बृत्तचित्र प्रदर्शनी, नेपाली जातिय मौलिक साँस्कृतीक नृत्य, नेवारी तयामचा, पञ्चेबाजा तथा पप् व्याण्डहरुको प्रस्तुती रहने जानकारी दिए । साँझ ५ बजेबाट राति १२ बजे सम्म उक्त महोत्सव हुने छ ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, उपाध्यक्ष गोपीबहादुर भट्टराई, रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङ लगायतले विश्वपर्यटन दिवसको महत्व र दिवसमा हुने विभिन्न कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । रेवान पोखराका महासचिव गणेश ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

पर्यटन दिवसकै अवसरमा लायन्स क्लव अफ पोखराले हल्लनचोकमा बिहिबार विहान रक्तदान गर्ने क्लवका अध्यक्ष समेत रहेका रेवान पोखरामा पूर्वअध्यक्ष बलराम पहारीले जानकारी दिए ।

You might also like

Comments are closed.