विश्व बाताबरण दिवसमा गड्यौलाको मल र विरुवा वितरण

 

पोखरा, २२ जेठ
विश्व बाताबरण दिवस प्राबिधिक विद्यार्थी संघ   (TSAN)ले ७० घरपरिवारलाई गड्यौला को मल र सितलचिनी को बिरुवा दिएर मनाएको छ । कास्कीको पुरुन्चौरमा रहेको प्राकृतिक स्रोत ब्यबस्थापन कलेजमा सक्रिय रहेका विद्यार्र्थीले सो अबसरमा पोखरा महानगरपालिका का मेयर मान बहादुर जि सी को प्रमुख आतिथ्यतामा बितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर जि सि ले कृषि क्याम्पस अब प्रत्येक किसान र गाउँका बाझा जमिन सग जोडीएर उर्वर बनाउनु पर्ने बताए । कार्यक्रममा बोल्ने बक्ताहरु वडा अध्यक्ष शोभामोहन पौडेल, नेकपा नेता दिपक पौडेल, ईमान पौडेल, अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम, सम्बत रानाभाट लगायतले यो क्याम्पस निर्माण गर्न ठूलो मेहनत गरेको र सोही अनुरुप विद्यार्र्थी उत्पादन हुनु हामी गाउँवासीको निम्ति खुसीको कुरा भएको बताए , साथै अनेरास्ववियु कास्की अध्यक्ष गौतमले विद्यार्र्थीले ब्यबहारिक र बैज्ञानिक शिक्षा प्राप्त गरि व्यवसाय सँग जोडिएकोमा सबैलाई धन्यवाद दिए र अब सबै क्याम्पसमा बैज्ञानिक शिक्षा अध्यापन गराउन मेयरलाई आग्रह गरेका छन् ।

प्रकृतिको विनास भैरहेको बेला यो अभियान आबस्यक रहेको स्थानीय किसानले बताए । समिक्षा पोख्रेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता संघ का अध्यक्ष सुसन के.सी ले गरेका थिए ।

You might also like

Comments are closed.