वीर गोर्खालीले पोखरामा दिवस मनाउने

पोखरा, ७ बैशाख

देशभरका वीर गोर्खालीहरुले पोखरामा संयुक्त रुपमा वीर गोर्खा दिवस मनाउने भएका छन् । सन १८१५ को अप्रिल २४ तारिखको दिन ईष्ट ईण्डिया कम्पनी अर्थात व्रिटिस सेनामा गोर्खा बटालियन स्थापना भएको १०४ वर्ष पुगेको अवसरमा मनाइन लागेको वीर गोर्खा दिवसमा देशभरका करीब १५ हजार गोर्खालीहरु पोखरा आउने शनिबार युवा पत्रार सञ्जालले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालले जानकारी दिएको हो । यसअघी धरान, चितवन र बुटवलमा गरि तीनपटकसम्म संयुक्त रुपमा दिवस मनाएको महासंघले चौथोपटक पोखरामा मनाउन लागेको जनाइएको छ ।

पोखरा अमरसिंहचौरमा हुने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र विशेष अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ रहने संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष कर्णेल धनबहादुर थापाले जानकारी दिए ।

दिवस मूल समारोहको उद्घाटनअघी पोखराको तीन ठाउँबाट बृहद झाँकीसहितको ¥याली निकालिने भएको छ । पोखरेली भूतपूर्व गोर्खाहरुले पोखराको मूख्य चोक चिप्लेढुंगाबाट, बुटवल, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाहरुबाट आएकाहरुले पृथ्वीचोकबाट र काठमाडौं, चितवनसहित झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट आएका भूतपूर्व गोर्खाहरुले पोखराको चाउथेबाट एकैपटक ¥याली निकाल्ने अध्यक्ष थापाले बताए ।

दिवसको अवसरमा वीर गोर्खालीहरुले गोर्खाली पोषाक, ह्याट, मेडलसहित खुकुरी भिरेर मार्चपास गर्ने जनाइएको छ । कार्यक्रममा खुकुरी नाचसमेत देखाइने अध्यक्ष थापाले जानकारी दिए । दिवसको अवसरमा गोर्खालीले कुनै युद्ध जित्दा होस् वा उत्सव मनाउँदा सञ्चालन गरिने मीना बजारपनि सञ्चालन हुने उनले बताए ।

दिवसको अवसरमा भाग्यशाली चिट्ठा राखिएको र त्यसको बिजेतालाई एउटा स्कुटर, दोश्रो हुनेलाई एक तोला सुन, तेश्रो हुनेलाई ३ हजार लिटरको फ्रिज, चौथो हुनेलाई सिलाई मेसिन तथा पाचौं हुनेलाई सान्त्वना स्वरुप एक थान सामसुङ मोवाइल प्रदान गरिने जनाइएको छ ।

You might also like

Comments are closed.