पोखरा, ३० पुस । वुद्धविशाल बजार व्यापारिक एसोशिएनको अध्यक्षमा युवा व्यवसायी केशववहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न १९ औँ वार्षिक साधारणसभा तथा १० आंै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्ष शिव शर्मा, महासचिव ईन्द्रराज अर्याल, सचिव वुद्धिवहादुर कुँवर र कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा थम्मनसिँह गुरुङ, वालहरी बराल, ज्ञानेन्द्रमान श्रेष्ठ, शान्ति श्रेष्ठ जोशी, शान्ति आचार्य पराजुली र लक्ष्मणप्रसाद आर्चाय चयन भए । नवनिर्वाचित अध्यक्ष खत्रीले व्यावसायिक हकहितका साथै पोखराको पहिचानको रुपमा रहेको वुद्धविशालबजारलाई समयानुकुल अत्याधुनिक र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रवहादुर प्रजूले नयाँ नयाँ मल तथा डिर्पाटमेन्टल स्टोर्सहरु खुलेको अवस्थामा पोखराको पहिचान समेत रहेको विशालवजारलाई प्रतिष्पर्धी बनाउनुपर्ने धारणा राखे ।
एशोसिएसनका यस अगाडिका अध्यक्ष प्रदीपकुमार मुल्मीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचन, वस्तुगत संघहरुको तर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष शिवराज वास्तोला, सल्लाहकार धुर्वप्रसाद रेग्मी, कानुनी सल्लाहकार जगन्नाथ ढकाल लगायतले बोलेका थिए ।
अधिवेशनको अवसरमा एसईइ परीक्षा २०७३ तथा दशजोड दुईमा सर्वोत्कुष्ट हुने व्यवसायीका छोराछोरीहरु, उत्कृष्ट कार्यसमिति सदस्य राजु केसी, एशोसिएसनले संचालन गरेको दशैँ तिहार उपहार योजनामा सर्वाधिक कुपन बिक्री गर्ने व्यवसायी तथा संस्थाको खेलकुद कार्यक्रममा विजेता भएका व्यवसायीहरुलाई पनि पुरस्कृत गरिएको नवनिर्वाचित अध्यक्ष खत्रीले जानकारी दिए ।
Comments are closed.