वृज सिमेन्टको प्रायोजनमा राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकरद्वारा क्रिकेट सामग्री हस्तान्तरण

पोखरा, ११ माघ । राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रीजद्वारा प्रायोजन गरिएको क्रिकेट सामग्री बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ । राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा वृज सिमेन्टका ब्राण्ड एम्बेस्डर शरद भेषवाकरले सामग्री हस्तान्तरण गरेका हुन् ।

क्रिकेट एकेडेमीमा करिब ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । क्रिकेट एकेडेमीको स्थापना एक वर्ष अगाडि भएको हो । नेपाली क्रिकेट खेलमा वृज सिमेन्टले गरेको सहयोग राम्रो भएको उनले बताए । ‘यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला मिल्छ,’ उनले भने, ‘उनीहरुले आफ्नो खेललाई अझ राम्रो तरिकाले प्रदर्शन गर्न सक्नेछन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाइबहिनीहरुलाई यो सामग्री अत्यन्तै प्रभावकारी हुनेछ ।’

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. केडिया अर्गनाइजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा, लुम्विनीमा छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग (पि.एस.सि.) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ । पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्मार्ट ब्राण्डका सिमेन्ट उत्पादन गर्छ । पि.एस.सि. सिमेन्ट अन्तर्गतवृज सुपर पावर ब्राण्ड उत्पादन गर्दछ ।

गुणस्तरीय उत्पादन र सहज आपूूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकांश स्थानमा यसको माग र बिक्री वितरण भइरहेको कम्पनीको दावी छ । वृज सिमेन्ट समस्त देशबासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएका ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । ‘विभिन्न क्षेत्रहरुमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफनो सामाजिक दायित्व निर्वाहमा अहंम भुमिका बहन गरेको छ’ उनले भने ।

प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाली क्रिकेट जगतमा नेपालले गरेको प्रगति अति नै सह्रानीय भएको बताउँदै वृज सिमेन्टको सहयोगको प्रशंसा गरे । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यम गुरुङ, खेलकुद पत्रकार संघ पोखराका अध्यक्ष केशव पाठक, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल लगायत अतिथि सहभागी थिए ।
कार्यक्रममा वृज सिमेन्टका कास्की जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले पहिलो चरणमा पोखरालाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए ।

You might also like

Comments are closed.