वृत्तचित्र ‘प्रयास’ को जेठ ५ गते प्रिमियर सो हुने

पोखरा ३, जेठ

मोइन मिडिया प्रालिले निमार्ण गरेकोे सामाजिक वृत्तचित्र ‘प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ । सामाजिक परिवेशमा सडकका वालवालिकाहरुको बिषयलाई समेटिएर हालै निमार्ण गरिएको उक्त वृत्तचित्र प्रयासको प्रिमियर सो हुने विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

बालबालिका तथा युवालाई कुलतमा फस्नबाट निरुत्साहित गर्दै वर्तमान समयमा बालबालिकाले चाहेर बाल विवाह गर्न नहुने सन्देश प्रवाह गर्न पनि उक्त बृत्तचित्र निमार्ण गरिएको प्रालिका अध्यक्ष जैनव खातुनले बताईन् । उनले भनिन“ यस वृतचित्रले पोखरामा रहेका सडक बालबालिकाको अवस्था अध्ययन गरि ति बालबालिकाको अवस्था यथार्थ चित्रण गरी बालबालिका साथै युवाद्धारा नाटकीय रुपमा प्रस्तुत गरेको छ । ”

यो वृत्तचित्र विशुद्ध सामाजिक सचेतना दिलाउनका लागि निमार्ण गरिएको सामाजिक वृतचित्र भएको अध्यक्ष खातुनको भनाई छ । उनले भनिन “ सडक बालबालिकाको संरक्षण तथा पुर्नस्थापना गर्नका लागि हाम्रो यो सानो प्रयास हो,यस बृत्तचित्रलाई हामीले स्वदेश तथा विदेशमा समेत प्रदर्शन गरी बचत भएको करिब २५ प्रतिशत रकम वालवालिकाको क्षेत्रमा खर्चिने योजना बनाएका छौं ।” विगत लामो समय देखि मुस्कान क्लव मार्फत सडक बालबालिकाका विषयमा आवाज उठाउदै आएकी खातुनको पहिलो प्रयासमा बृत्तचित्र निमार्ण भएको हो । राज्यलाई खबरदारी गदर्,ै सडक बालबालिकालाई सडक देखि घर सम्म पु¥याउने उक्त बृत्तचित्रको मुख्य उद्धेश्य रहेको अध्यक्ष खातुनको भनाईछ । उनले भनिन “ विशेष गरि सडकमा रहेका बालबालिकालाई वर्तमान अबस्थामा राज्यले पुर्नस्थापना गर्न नसकेको अवस्थामा, त्यसमा सहयोग गर्नु सचेत नागरिकको कर्तव्य हुने हामीले विश्वास लिएका छौं । ”

आम जनसमुदायलाई सचेत बनाउँदै सामाजिक वृतचित्र प्रयास यही जेठ २५ गते पोखराको हलमा प्रदर्शन गर्न लागिएको अध्यक्ष खातुनले बताईन । उक्त वृतचित्रमा कलाकारहरु डा. मिलन गौतम, दिननाथ बराल, रमेश तिमिल्सीना, प्रसुना भण्डारी, अनिश नेपाली, रेम विक, समिर रामदम, किरन बानियाँ, परिना केसी, अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट, माधब पनेरु, शिलास के.सी., घनश्याम पाण्डे, सुरेशराज अधिकारी, प्रकाश अधिकारी, शिवहरी देवकोटा लगायत छन् । त्यसै गरी बालकलाकारमा मुवाज आलाम, प्राप्ति लम्साल, संदेश विक, सम्बोधन कुवँर, सक्सेस कुवँर, प्रयका सिलवाल, सुजल सेडाइ लगायत रहेका छन् । शव्द संकलक तथा गितकार जस बहादुर गुरुङ, गायीका पुजा गुरुङको समेत प्रस्तुती रहेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा वोल्दै सामाजिक परिवेशमा निमार्ण भएको उक्त बृत्तचित्रले समाजमा केहि सन्देश दिनसक्ने बताए । कलाकार दीननाथ बरालले आफनो जिवनमा पहिलो पटक कलाकारको रुपमा केहि भुमिका खेल्न पाएकोमा खुसि व्यक्त गर्दै समाजमा रहेका सडक वालवालिकाहरुलाई अवसर दिन सके उनीहरु समाजमा केहि गर्न सक्ने दाबी गरे । यसै बिच नवप्रभात माविका पुर्व बिद्यार्थी मञ्चका उपाध्यक्ष दिपेन्द्र मर्सानिले सामाजिक परिबेशमा निमार्ण भएको उक्त फिल्मको सफलताको कामना सहित नगद हस्तान्तरण गरेका छन् ।

You might also like

Comments are closed.