वृहत सरसफाई अभियानद्वारा डस्विन वितरण

 

पोखरा, २३ पुस
पोखरा वृहत उपत्यका सरसफाई अभियानले सरसफाइ अनुगमन समिति पोखरा महानगरपालिका वडा नं. ९ लाई सोमबार डस्विन वितरण गरेको छ ।

सोही कार्यक्रमा दरबारथोक टोलमा रहेका चण्डीका आमा समुह, दरबारथोक टोल विकास संस्था, चण्डिमाई सेवा समिति, योग केन्द्रलगाएत विभिन्न व्यक्तिहरुलाई पैदलयात्रीका लागि १२ थान डस्बिन बितरण गरिएको हो ।

डस्विन वितरण गर्दै वडा अध्यक्ष रामराज लामिछानेले वृहत पोखरा सरसफाईको अभियान नै आफ्नो वडाबाट भएको र अहिले राष्ट्रियस्तरमा अनुकरणीय कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै यस अभियानमा लाग्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।

सो अवसरमा वडा सचिव लोकदर्शन कोईरालाले पोखरा बृहत सरसफाइ अभियानको सकरात्मक प्रभाव देशै भरी परेको वताउँदै वन तथा वातावरण मन्त्रालयले डस्विन उपलब्ध गराएको वताए ।

सरसफाई अभियानको अनुरोधमा बन तथा बाताबरण मन्त्रालय बाताबरण बिभागका निर्देशक झलकराम अधिकारीको पहलमा मन्त्रालयले फोहर संकलन गर्ने डस्विन प्रदान गरेको सचिव कोईरालाले वताए । उनले अनुगमनको क्रममा घरमा मरेको बिरालो सेतीनदिको तिरमा फाल्नेलाई पक्रेर पाँच सय जरिवाना गरिएको अनुभव सुनाउँदै हालसम्म निषेधित क्षेत्रमा फोहर गर्ने एक सय २५ जनाले जरिवाना तिरि सकेका जानकारी गराए ।

वृहत पोखरा उपत्यका सरसफाई अभियानका अभियान्ता राम बहादुर पौडेलले अभियानको बारेमा वताउँदै दिनरात, जाडोगर्मी नभनि रातिको विहानदेखि ११ बजेसम्म फोहर फ्याक्नेलाई निगरानी गर्ने सम्पुर्णप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

वडा स्तरिय सरसफाई समिति संयोजक राममाया मानन्धर, अभियानका अध्यक्ष बिष्णुहरि अधिकारी, वडा सदस्यहरु राममाया मानन्धर, नन्दराम गिरि र गिता चम्रकार, चण्डिका आमा पोखरा ७ बाट माछापुच्छ्रे महिला क्लबका अध्यक्ष गीता कुमारी पौडेल र पोखरा १७ बाट ड्याम साइड टोल बिकास संस्थाकी अध्यक्ष शिबमाया श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

चण्डिका आमा समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विना श्रेष्ठले धन्यवाद र संचालन सञ्चारकर्मी खिमा गुरुङले गरेकी थिईन् ।

You might also like

Comments are closed.