वेगनासताल किनारमा प्रथम “सेभेन ए साईड” वेगनास कप हुने

 

पोखरा, ८ फागुन ।

वेगनासताल किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । शभ्यता र संस्कृतिका लागि खेलकुदू भन्ने उद्देश्यका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि शिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ५ हजार ,५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५५ हजार ५सय ५५रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । तेश्रोले रु १५,५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।

प्रतियोगिता संचालन गर्न रु ८ लाख ५० हजार खर्च लाग्नेछ भने ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । वेगनासतालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, वेगनासताल वस संचालक समिती, वेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, वेगनासताल मत्स्य व्यवसायी समिती तथा स्थानीयहरुको सहयोग रहेको छ ।

वेगनासताल वाध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिम सहभागी हुने अनुमान गरिएको क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिए ।

You might also like

Comments are closed.