वेगनासताल बजार व्यवस्थापन समितिको साधारण्सभा

आर्थिक आवाज
लेखनाथ, २८ पुस । बेगनासताल बजार व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । वडा नं.३१ का कार्यवाहक अध्यक्ष विष्णु बहादुर भुजेलले व्यवसायीहरुको हकहितको संरक्षणका लागि पनि बजारमा सञ्चालनमा रहेका व्यवसायीहरु वडा कार्यालयमा दर्ता हुनु पर्ने भन्दै बजारलाई समृद्धि बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए ।

समितिका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, डयाम साइड युवा क्लबका अध्यक्ष कविर गुरुङ लगायतले बजारलाई व्यवस्थित गनुपर्ने कुरामा जोड दिंदै आफ्नो टोल टोलमा सरसफाइमा ध्यान दिन सके वेगनासताल क्षेत्रलाइ फोहोर मैला मुक्त क्षेत्र बनाउन सकिनेमा बताउँदै स्थानीयस्तरका सबै सामाजिक संस्थाहरु एक आपसमा समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सन्चालन सचिव प्रेम रानाभाटले गरेका थिए ।

You might also like

Comments are closed.