‘कंगारु एजुकेशन फेयर अल नेपाल रोडशो विद्यार्थीका लागि महत्वपूर्ण अवसर’ (अन्तर्वार्ता)

विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदैं आएको कंगारु एजुकेशन फाउण्डेशनले यही मंसिर ४ गते मंगलबार पोखरा चिप्लेढुगां स्थीत सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको आफ्नै कार्यालय परिसरमा कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो गर्दैछ । कार्तिक २९ बिहिवारबाट सुरु भएको यो फेयर झापाको विर्तामोड, काठमाडौको पुतलीसडक, चितवनको भरतपुर, रुपन्देहीको बुटवल हुदै पोखरामा मंगलबार कार्यक्रम गरी समापन हुनेछ । यो फेयरमा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २१ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन । मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्ग्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिन पाउनेछन् । कंगारुले गर्न लागेको यो कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो का सन्दर्भमा आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेशन पोखराका प्रमुख एबं निर्देशक टि आर काफ्ले संग आर्थिक आवाजले गरेको कुराकानी :

कंगारु एजुकेशन फेयर :अल नेपाल रोड शो को पोखरामा तयारी कस्तो भइरहेको छ र यो मेला गर्नुको उदेश्य के हो ?
विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदैं आएको कंगारु एजुकेशन फाउण्डेशनले यही मंसिर ४ गते मंगलबार आफ्नै कार्यालय परिसरमा कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो गर्दैछ । यसका लागी आबश्यक सम्पुर्ण तयारी पुरा भइसकेको छ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले सही सूचना र जानकारी पाउनुपर्छ भन्ने हाम्रो प्रमुख मान्यता हो । कुनै पनि एक जना नेपाली विद्यार्थी सही सूचना नपाएर ठगिन नपरोस् । जहाँ विद्यार्थी हुन्छन् हामी त्यही पुग्नु आवश्यक छ । यही विचमा हाम्रो परामर्श सेवालाई देशब्यापी रुपमा विस्तार गरेका छौं भने विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई पनि त्यहाँ पुर्याउनु पर्छ भन्ने हाम्रो उदेश्य हो । त्यसैले हामी जहाँ त्याही हाम्रो सेवा र जहाँ हाम्रा विद्यार्थी त्यहीं आवश्यक जनाकारी सहित पुग्नु पर्छ भन्ने अवधारणा अनुसार न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २१ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित गराई यो कार्यक्रम गर्न गईरहेका छौं ।

मेलामा विद्यार्थी किन आउने ?
हामीकहा विदेश जाने भने पछि आँखा चिम्लिएर अघि बढ्ने चलन छ । त्यो भन्दा पहिला सबै कुरा बुझ्नु आबश्यक छ । कुरा बुझ्दा सही र सम्बन्धित ब्यक्ति वा संस्थासँग नै बुझ्नु पर्छ । यसका लागि विद्यार्थी र अभिभावकलाई घर आगनमै यो सेवा लिएर आएका छौं । अर्को कुरा यो मेलामा आउनेहरुलाई पक्का पक्की पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरेका छौं भने प्रबेश निशुल्क हुनेछ । तसर्थ यो मेला अबलोकनका लागी सबैमा अनुरोध गर्दछु ।

मेलाबाट तपाईहरुले के अपेक्षा गर्नु भएको छ ?
विदेश नै पढन जान चाहने बिद्यार्थी सही सूचना र जानकारी नपाएर ठगिन नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो । त्यसका लागि सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरु सहित बिधार्थीकै ठाउँमा आउँदैछौं । विद्यार्थी अभिभावकले यो अवसरको उपयोग पक्कै गर्नेछन भन्ने हाम्रो अपेक्षा रहेको छ ।

मेलामा कुन कुन देशका कलेज वा विश्वविद्यालयका प्रतिनिधि आउँछन् ?
हाम्रो परामर्शबाट विद्यार्थी गईरहेका अर्थात् हाम्रो सेवा क्षेत्रका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि नै मेलामा आउँछन् । हामीले यस अघि विद्यार्थी पठाएका आधारमा प्राप्त सफलता र त्यसको प्रभावकारीताकै आधारमा हामी अघि बढिरहेका हुनाले यस पटक मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २१ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन् । हामीले विद्यार्थीको रुचि र आवश्यकतालाई हेरेर उनीहरुलाई बोलाएका हौं । आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, आफूले पढ्न चाहेको विषय र त्यसको महत्व, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै विद्यार्थीले सिधै जान्न सक्ने गरी ब्यवस्था गरेका छौं । समग्रमा भन्नु पर्दा कलेजका प्रतिनिधिहरुलाई विद्यार्थी अभिभावकले एउटै छाना मुनि भेटेर भरपुर फाईदा लिन पाउनु हुनेछ ।

विद्यार्थीले अन्य कन्सल्टेन्सी भन्दा कंगारु मार्फत् नै विदेशको प्रकृया गर्दा के फाइदा छ त ?
हामी विद्यार्थीलाई विदेश जाँदा गर्नु पर्ने पूर्व तयारीका बारेमा कुरा मात्रै बुझाउँदैनौं, उनीहरुलाई तयार पनि पार्छौ । जस्तो हामीले तयार पारेका विद्यार्थीले TITI, QEAC, New Zealand Trained Agents, USATC, British Council Certified Counselor   लगायतका हरेक परीक्षामा उत्कृष्ट नतिजा निकालेका छन् । त्यो त डाटाले नै देखाउने कुरा हो । हामी विद्यार्थीलाई परामर्श कमाईका लागी मात्रै हैन कुनै पनि नेपालीका सन्तानको सपना नभत्कियोस् भन्ने कुरालाई ख्याल गरेर काम गर्छौ । हाम्रा विद्यार्थी हाम्रा परिवारका सदस्य जस्ता हुन् । त्यसैले उनीहरुको भविष्य र सपना सँग हामी पनि जोडिएका छौं । भने पछि हामी उनीहरुलाई विगार्ने वा गलत सुझाव दिने भन्ने प्रश्नै उठ्दैन । उनीहरु प्रति हामी निकै संवेदनशील छौं । सेवाशुल्कमा सहुलियत समेत प्रदान गर्छौ भने अध्ययन पछि बिद्यार्थीलाई आफ्नै देश फर्कन पनि प्रोत्साहन गर्छौ ।

विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
मुख्य कुरा विदेश जान किन खोजेको हो भन्ने कुरा स्पष्ट हुन आवश्यक छ । सन्तानलाई विदेशमा पढ्न पठाएपछि सही कलेज परोस्, केही आम्दानी गर्ने बाटो पनि होस् भन्ने सोच्नु अभिभावकको स्वभाविक चाहना हो । यसका लागि सबै भन्दा पहिला बुझ्नु पर्यो । बुझ्नका लागि हामी सेवा लिएर तपाईकै घरआगनमा आएका छौं मंगलबार एक पटक फेयरमा आएर सबै कुरा बुझ्नुहोस् । सही जानकारी पाउनु हुनेछ । मंसिर ४ गते मंगलबारका सबै परामर्स सेवा निशुल्क हुनेछन् ।

You might also like

Comments are closed.