वैवाहिक जीवनको २५ औ वर्षगांठको अवसर पारी विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा, १३ मंसिर

वैवाहिक जीवनको वर्षगाठको अवसरमा खर्चिने पैसाबाट पोखराका एक दम्पतीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । पोखरा अमरसिंह घर भइ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लालकाजी गुरुङ र उनको श्रीमती पञ्जा गुरुङले आफ्नो बैवाहिक जीवनको २५ औ वर्षगांठको अवसर पारी पोखरा १४ छिनेडाडामा रहेको मसिना आधारभुत विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर प्रदान गरेका हुन् ।

गुरुङ दम्पतीले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले आयोजना गरेको न्यानो कपडा हस्तान्तरण कार्यक्रमका बीच न्यानो कपडा हस्तान्तरण गरेका हुन् । न्यानो कपडा हस्तान्तरण गर्दै गुरुङ दम्पतीले आफुहरुले बैवाहिक जीवनको २५ औ वर्षगांठमा खर्च गरिने पैसाबाट गरिव जनताको छोराछोरी अध्ययन गर्ने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर प्रदान गर्न पाउदा खुसी लागेको वताए ।

सो अवसरमा वोल्दै डिपार्टमेन्ट चीफ श्यामकृष्ण श्रेष्ठले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले आफ्नो वैवाहिक जीवनको २५ औ वर्षगांठको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गरे । लायन्स क्लव सधै सामाजिक काममा अगाडी वढिरहदा यस्ता कार्यक्रमले लायन्स क्लवको कामलाई थप टेवा पुग्ने वताए । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जगननाथ तिमिल्सिनाले गुरुङ दम्पतीले आफ्नो विद्यालयको वालवालिकालाई न्यानो कपडा हस्तान्तरण गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा डिपार्टमेन्ट चीफ श्यामकृष्ण श्रेष्ठ, जोन चियरपर्सन शुसिला सिग्देल, जीएलटी कोअर्डिनेटर राजु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका पूर्व अध्यक्ष कमल बहादुर बस्नेतले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

You might also like

Comments are closed.