वौद्धिक शोषण अन्त्यको माग गर्दै सामुदायिक शिक्षक युनियनद्धारा ज्ञापन पत्र

पोखरा, २३ जेठ ।

नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले बुधवार पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानवहादुर जिसि र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ । शैक्षिक क्षेत्रवाट योग्य, क्षमतावान र कुशल नागरीक उत्पादन होस भन्ने चाहना सवैको हुन्छ । चाहना पुरा गर्ने आधार तयार गर्नको लागि आवस्यक प्रणाली विकास गर्ने कुरामा सरकार गम्भिर हुनुपर्ने कुरा उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । शैक्षिक क्षेत्र सवैको चासो भन्दा टाढा हुन पुग्यो भन्दै यसको देशव्यापी चरणबद्ध आन्दोलन गरिएको छ ।

देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने शिक्षा भएको हुुुँदा यसलाई व्यवस्थित र वैज्ञानिक प्रणाली बाट व्यवस्थापन गर्न आवस्यक छ । वर्तमान सरकारको समृद्ध नेपाल निर्माणको परिकल्पना सार्थक बनाउनको लागि पनि शिक्षकहरुको योग्यता अनुरुपको सम्मान, पेशागत सुनिश्चितता, शैक्षिक सुधार र शैक्षिक स्रोतको सहि व्यवस्थापन सँगै समग्र शिक्षा नीतिलाई सवैको चासो र सरोकारको विषय बनाई शैक्षिक क्षेत्रको रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नु आवस्यक छ र्। योग्य र सक्षम शिक्षक मान्ने तर प्रतिकुल समयमा पीछडीएको नागरीक बनाउने प्रवृत्ति विरुद्ध निरन्तर सँघर्षमा रहेको नेपाल सामुदाियक उच्च माध्यामिक शिक्षक युनियन का अध्यक्ष देवराज शर्माले बताए ।

२०४८ सालदेखि हाल सम्म कक्षा ११ र १२ मा अध्यापन गराउने देशभरिका सामुदायिक विद्यालयहरुमा हाल सम्म एउटा पनि स्थाइ शिक्षक नभएको तत्कालीन सरकारहरु र राज्यले गरेको विभेदकारी कार्यबाट लामो समय सम्म सेवा गरेका शिक्षकहरु मारमा परेका छन् । यसको व्यवस्थापनमा महानगर सचेत रहेको र हाल संघ, प्रदेश र स्थानिय सरकार विच अधिकारको विषयमा पनि केहि बेमेल रहेका कारण सवै तहका सरकारका अधिकार र कर्तव्य सँगै कार्यक्षेत्रहरु विभाजन पश्चात यसको समाधान हुने महानगर प्रमुख मानवहादुर जिसिले बताएका छन् ।लामो समय राज्यलाई योगदान गर्ने साविक ११ र १२ मा अध्यापनरत शिक्षकहरलाई न्याय हुने गरि आफ्नो भुमिका रहनेमा आस्वस्त रहन अपिल समेत गरेका छन् ।

स्थानिय निकायको अधिकार क्षेत्रमा रहि आफ्नो विवेकले थेग्ने गरि युनियनले उठाएका मुद्दामा सम्बोधन हुने गरि आफ्नो योग्दान रहने गरी कार्य गर्ने बताउदै शिक्षा महाशाखा प्रमुख केदार आचार्यले सामुदायिक शिक्षक युुनियन महानगर सँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.