‘व्यवसायमैत्री नीति नियम हुनुपर्छ’

आफ्नो २ वर्षे कार्यकाललाई कसरी सम्झनुहुन्छ ?
२ वर्षे कार्यकाल राम्रोसँग बितेको छ । धेरै काम भएका छन् । व्यावसायिक क्षेत्रसँगै सामाजिक काम पनि गरेका छौं । उद्योगहरुले गरेको मूल्य वृद्धिको विरोध ग¥यौं । त्यसपश्चात मूल्य पनि घटेको छ । कार्यकाल सफल बनाउन कार्यसमितिका सम्पूर्ण साथीहरु, पूर्व अध्यक्ष, सल्लाहकार तथा सम्पूर्ण व्यवसायी साथीहरुको साथ र सहयोग रह्यो ।

संस्थाले के–कस्ता काम गर्दै आइरहेको छ ?
हामी व्यवसायीको हकहितको काम गर्छौं । व्यवसाय प्रवद्र्धनका काम पनि भएका छन् । उद्योगले मूल्य बढाउने घढाउने गरिरहेका छन् । डलर बढ्यो भनेर मूल्य बढाउने र घट्दा चाही नघटाउने गरेका छन् । यसकारण हामी मर्कामा परेका छौं । यसमा सरकारले ध्यान दिनु आवश्यक छ । हामीले खबरदारी गर्दै आइरहेका छौं । विकास निर्माणमा पनि हाम्रो ठुलो योगदान छ । तर राज्यले हामीप्रति हेर्ने नजर फरक छ । सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक काम पनि गर्दै आइरहेका छौं । भूकम्प, बाढी पहिरोबाट पीडित भएका मानिसलाई सहयोग गर्छौं । शैक्षिक क्षेत्रमा पनि काम गरेका छौं । क्षती भएका विद्यालयलाई पनि सिमेन्ट, जस्तापाता लगायतका सामान सहयोग गरेका छौं । विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छौं ।

हार्डवयर व्यवसायीका समस्याहरु के–कस्ता छन् ?
यस क्षेत्रमा धेरै समस्या छन् । करको समस्या छ । नीति नियम पनि व्यवसायीमैत्री हुनु जरुरी छ । व्यवसायीलाई करका वारेमा बुझाउनु आवश्यक छ । सकेसम्म धेरै कर लगाउनुपर्छ भन्ने मान्यता छ । यो गलत हो । हामी आवश्यकता अनुसार कर तिर्न तयार छौं । कर तिरेर हामीले केही पाएका छैनौं । एउटा हार्डवयर व्यवसायीले करिब ५ किसिमको कर तिर्ने गरेका छन् । तर सरकारबाट केही सहुलियत उसले पाउदैन । यातायातको समस्या पनि छ । ट्रकमा रड, पाइप लगायतका सामान ल्याउँदा पुरै अट्दैन । केही भाग बाहिर निस्कन्छ । यसकारण ट्राफिक प्रहरीले कारवाही गर्ने गरेका छन् । सडक अनुसार यसको मापदण्ड तोकेर नियम बनाउनुपर्छ । यस व्यवसायका समस्या प्रति सरकारले चासो दिएको छैन । बैंकको व्याज पनि समस्या बनेको छ । सम्झौता गर्दा थोरै व्याजदर हुन्छ । तिर्नेबेलामा ब्याज बढेको हुन्छ । यसमा राज्यले केही बोलेको छैन ।

व्यवसायको अवस्था कस्तो छ र भविष्य कस्तो छ ?
यस व्यवसायको भविष्य राम्रो छ । हामीले रेट अनुसार नै सामान बिक्री गर्छौैं । तौलमा पनि तलमाथि गर्दैनौं । गुणस्तरीय सामान बेच्छौं । हामीले व्यवसायीलाई गुणस्तरहीन सामान नबेच्न भन्छौं । स्वस्थ प्रतिस्पर्धा गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ । कम्पनीको सर्पोट राम्रो हुन्छ । कम्पनीको सर्पोटले नै पसल चलेको छ भने पसलको सहयोगले नै कम्पनी चलेका छन् ।

संघले रजत वर्ष मनाइरहँदा संस्थालाई कसरी सम्झनुहुन्छ ?
पोखरा हार्डवयर एसोसिएसनले स्थापनाको २५ वर्ष पुरा गरिरहदा हामी बलियो संस्थाको रुपमा स्थापित भएका छौं । पोखरा उद्योग वाणिज्य संघले पनि हामीलाई उत्कृष्ट संस्थाको घोषणा गरिसकेको छ । पोखरामा भएका वस्तुगत संस्थामा हामी उत्कृष्टमा नै छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
व्यवसायलाई मर्यादित ढंगले संचालन गर्नु आवश्यक छ । स्वस्थ रुपमा प्रतिस्पर्धा गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ । पोखरामा करिब ३ सय हार्डवयर व्यवसायी हुनुहुन्छ । २ सय १० जना व्यवसायी यसमा आवद्ध छौं । बाँकी व्यवसायीलाई पनि हामी यसमा आवद्ध गर्छौं ।

You might also like

Comments are closed.