व्यवसायीको सम्मान, शुद्ध खानेपानीको अभियानः यदु अधिकारी

यदुनाथ अधिकारी
वर्षाको सिजन । नियमित पानी परेको छ । खोला बढेका छन् । बाढी आएको छ । पानी धमिलो छ । धान पनि भर्खरै पसाउने बेला हुन लागेको छ । किसानले रसायनिक मल प्रयोग गरेका छन् । रसायनिक मलको रसायन खोलामै मिसिन्छ । खोला केही तल बाँध बाँधेर पोखराबासीलाई खानेपानी ल्याइएको छ । बाढीयुक्त, रसायन मिसिएको पानी पोखराबासीका घरको धारामा त्यही आउँछ । फोहोर, प्रदुषणयुक्त भएपनि प्रयोग गर्नुपर्ने बाध्यता छ ।

हिजो मर्दी खोला नजिकै शव जलाइन्थ्यो । त्यो हटेको छ । पोखरा उद्योग वाणिज्य संघको पहलमा खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा मर्दी क्षेत्रमा ६ वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरियो । खोलाकै पानीमा चिता बनाएर जलाउने प्रथा अन्त्य भयो । शव दहन गृह बनाई खानेपानी शुद्धीकरण अभियानको नेतृत्व भने यदु अधिकारीले गरे । उनले पोखरा उद्योग वाणिज्य संघको पहिलो कार्यकालमा सबैभन्दा महत्वपूर्ण काम मर्दी मुहान शुद्धिकरण परियोजनालाई संयोजकको भूमिका गर्दै टुग्याई छाडे ।

अधिकारी फेरी पोखरा उद्योग वाणिज्य संघको ३२औ महाधिवेशनमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै बरिष्ठ उपाध्यक्ष पदमा होमिएका छन् । अब केवल केही दिन मात्रै बाँकी छ । घरदैलो अभियान टुग्याउने प्रयासमा छन् । भेटघाटलाई तिब्रता दिइरहेका छन् । उनले आफ्नो उम्मेदवारी परिचय दिदैं पोखराबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजनालाई पोखरा उद्योग वाणिज्य संघमार्फत पुरा गर्ने दृढता व्यक्त गरेका छन् ।

मर्दी मुहान शुद्धीकरण परियोजना टुग्याएपनि स्थानीयले फाल्ने फोहोर भने अझै व्यवस्थापन गर्न सकिएको छैन् । फालिएको फोहोर खोंचमा अडकिन्छ । वर्षाले बगाउँदा खोलामै आइपुग्छ । उनले मर्दी हिमालकै शुद्ध पानी पोखराबासीलाई खुवाउने प्रणसहितको चुनावी एजेण्डा सार्वजनिक गरिसकेका छन् । उनले मर्दी मुहान सार्ने अभियानको अगुवाई गर्ने प्रतिबद्धता गरेका छन् । अधिकारीले आफ्नो चुनावी अभियानमा बनाएको एजेण्डालाई हार जितबाट कुनै असर र प्रभावित नहुने स्पष्ट पारे ।

मानवीय जीवनमा पानी महत्वपूर्ण हो । ८० प्रतिशत रोग पानीकै कारण हुन्छ । स्वास्थ्य विना उद्योग सम्भव पनि छैन् । त्यसैले उनले पोखरा औद्योगिक क्षेत्रमा अन्नपूर्ण फुड्स वेभरेज प्रालिको सोल्टी पानी उत्पादन गरी बजार पठाउँदै आएका छन् ।

६ वर्ष अघि कम्पनीको शुरुवात गरेको अधिकारी विभिन्न सामाजिक संघसंस्था हुँदै पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष पदमा उभिएका छन् । नम्र बोली र भद्र व्यवहारले उनलाई सबैको मनखानी बनाइदिएको छ । बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक समेत रहेका अधिकारीले आफ्नो कम्पनीबाट उत्पादित पानीलाई मासिक रुपमै ल्याब परीक्षण गराउँदै बजारमा पठाउने गरेका छन् । भन्छन्, ‘बोटर वाटर उद्योगको मासिक ल्याब टेष्ट गर्छौ ।’ उनको अभियानले स्वास्थ्य प्रति सम्बेदनशिल बन्नुपर्छ भन्ने पाठ सिकाउँछ ।

प्रतिघण्टा १० हजार लिटर पानी उत्पादन हुन्छ । गण्डक क्षेत्रकै ठूलो पानी उद्योग पनि हो । बिक्रीको हिसाबले १ नम्बर हो । गण्डकी क्षेत्रमा झण्डै ३५ वटा उद्योग सञ्चालित छन् । वोटल वाटर उद्योग संघमा आवद्ध ३५ वटै उद्योगको उनकै अग्रसरतामा २७ विभिन्न पारामिटर्समा ल्याब टेष्ट गरी बजार पठाइन्छ । उत्कृष्ठ उद्योगको रुपमा पुरस्कृत समेत भइसकेको छ । उनले कम्पनीलाई झैं उद्योग वाणिज्य संघलाई पनि उत्कृष्ठ बनाउने सपना साँचेका छन् । सबैले आशा र भरोस उनीमाथि गरेका छन् । नगरोस् पनि कसरी, उनकै अगुवाईमा वर्षैादेखि नभएको मर्दिमुहान शुद्धीकरण योजनाको काम उनले आफनो दुईवर्षे समयावधिमा गरे ।

पिउने पानीसँगै उनको संलग्नता भने जलविद्युतमा छ । हिमालयन हाइड्रोपावर कम्पनी प्रालिको नार्माजुङस्थित मोदी हाइड्रो पावर प्रोजेक्ट हो । जुन निर्माणाधिन अवस्थामा छ । हाइड्रोसँगै एग्रो टुरिजम उनको अर्को पाटो हो । घट्टेखोला एग्रो टुरिजम प्रालि मार्फत काम अगाडि बढाइसकेका छन् । ५० रोपनीको क्षेत्रफलमा कृषि सम्बन्धी कार्य तथा माछापालन भइसकेको छ । उद्योग वाणिज्य संघले कृषिको लागि अर्मलालाई पकेट क्षेत्र घोषणा गरेको छ । उनको अनुभवलाई वाणिज्य संघले उपयोग गर्नुपर्ने खाँचो देखिएको छ । उज्यालो नै विश्वास हो । विश्वासको लागि यदु अधिकारी नै हो । उनको आग्रह छ–‘विश्वासको मतले पोखरा उद्योग वाणिज्य संघको गरिमालाई उँचो बनाइराख्छ ।’

व्यावसायिक संलग्नताले पनि उनको सामाजिक क्षेत्रप्रतिको लगावलाई प्रष्ट्याएको छ । सिदार्थ बैंकका संस्थापक समेत रहेका अधिकारी विजनेस डेभलमेन्ट बैंक(साविकको)को निर्देशक रही ७ वर्ष सेवा गरे । उनी निर्देशक हुँदा नेपालमै उत्कृष्ठ विकास बैंकबाट सम्मानित भएको थियो । जुन पछि सिदार्थ बैंक लि.मा गाभिएको थियो । उनी जनता बैंक नेपाल लि.का संस्थापक शेयर सदस्य पनि हुन् । एशिला इनभेष्ट प्रा.लि, सहकारी, बैंक, वित्तीय संस्थामा लगानी गरेका छन् । पोखराकै अग्रणी रहेको जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिमा समेत छन् । सामुदायिक क्याम्पसमा देशकै उत्कृष्ठ क्याम्पसको रुपमा पुरस्कृत समेत भएको थियो । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको पूर्व अध्यक्ष, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ को डेपुटी डिपार्टमेन्ट चिफ समेत हुन् ।

संस्थागत परिचय दिदै उनले घरदैलो अभियानको क्रममा व्यावसायिक समस्याप्रति व्यवसायीसँग छलफल गरी समाधान गर्ने प्रतिबद्धता समेत गरिरहेका छन् । उनले पछिल्लो समय कर बृद्धिको विषयमा समेत करको दर नभई दायरा बढाउनुपर्नेमा ध्यान जानुपर्नेमा जोड दिए । बैंकले व्याज सम्बन्धि, बैंक सिण्डिकेट, घरभाडा सम्बन्धी दीर्घकालीन, पार्किङ समस्या लगायतका विषयलाई सम्बोधन गर्नेतर्फ आफ्नो एजेण्डा रहेको स्पष्ट पारे । उनी व्यावसायिक सँगसँगै व्याडमिन्टनका भेट्रान खेलाडी हुन् । कास्की जिल्ला व्याडमिन्टन संघका सल्लाहकार तथा नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य समेत हुन् ।

(अधिकारी पोखरा उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिका सदस्य तथा असोज ५ र ६ गते हुने ३२औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् ।’

You might also like

Comments are closed.