व्यवसायीलाई व्यावसायिक प्रशिक्षण तथा कर सचेतना

आर्थिक आवाज
पोखरा । फेन्सी तथा रेडिमेट व्यवसायी संघ पोखराको आयोजनामा व्यावसायिक प्रशिक्षण तथा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ । उत्प्रेरक प्रभात सुवेदीले व्यावसायिक प्रशिक्षण तथा लेखा परीक्षक पदमबन्धु पोखरेलले कर प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायीहरुलाई लक्षित गरी प्रशिक्षण राख्नु राम्रो काम भएको बताए । संस्थाका अध्यक्ष प्रदीपकुमार मुल्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष कमलनाथ कुँवर, सल्लाहकार मीनराज काफ्ले लगायतले बोलेका थिए ।

प्रथम उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव यादप पोखरेलले गरेका थिए ।

You might also like

Comments are closed.