व्यवसायीहरुलाई करदाता शिक्षा

तनहुँ ४ ,मंसिर
सातौं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आन्तरिक राजश्व कार्यालय दमौलीले, तनहुँ उद्योग वाणिज्य संघको सहकार्यमा मंगलबार दमौलीमा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उद्योगी तथा व्यवसायीहरुलाई करको दायरामा ल्याउन, करदाता र सरकारी निकायबीचको दुरी कम गर्ने र करदाताहरुलाई कर सम्बन्धी नयाँ निती तथा कर तिरेवापत राज्यले दिने सुबिधाको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सुर्यप्रसाद सेढाईले व्यवसायी, भन्सार प्रशासन र कर्मचारीहरु इमान्दर भइदिए मात्र पनि मुलुक समृद्ध हुने बताए । सेढाईले सरकारले निर्देशित गरेका नियम अनुसार व्यवसाय दर्ता गरी कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे । “कर भनेको आम्दानी अनुसार प्रत्येकले तिर्नुपर्ने स्वाभाविक कुरा हो यसलाई कतिको सहज वातावरणमा तिर्ने व्यवसायीहरुको हातमा हन्छ, उनले भने ”।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमौलीका कर अधिकृत रामप्रसाद सुवेदीले आर्थिक ऐन, २०७५मा भएका छुट सुविधा सम्बन्धी व्यवस्थाहरु, आयकर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, सम्बन्धी जानकारी गराएका थिए । त्यस्तै उनले स्थायी लेखा नं, करपार्टीको आवश्यकता, सहकारी व्यवस्था र आयकर लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागी व्यवसायीहरुले करका विविध विषयमा उठाएका जिज्ञासा प्रमुख कर अधिकृत सेढाईले सहजीकरण गरेका थिए । कार्यक्रम संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । करदाता सेवा कार्यालय रहेको दमौलीमा हालै मात्र आन्तरिक राजश्व कार्यालयमा स्तरोन्ती भएको छ ।

You might also like

Comments are closed.