पोउवा संघका पूर्व अध्यक्ष र पूर्व कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

पोखरा । पोखराका अग्रज व्यवसायीहरु दीपक श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दिनेश श्रेष्ठलाई मातृशोक परेको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ र संघका पूर्व कोषाध्यक्ष तथा बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ तथा व्यवसायी दिनेश श्रेष्ठका माता मंगलादेवी श्रेष्ठको बुधबार साँझ ९ः१५ बजे आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मंगलादेवीका ३ छोरासहित २ छोरी छन् । पारिवारिक स्रोतका अनुसार स्वर्गीय मंंगलादेवीको अन्तिम दाहसंस्कार बिहीबार बिहान गरिनेछ । बिहान न्युरोड प्रगतिमार्गस्थित निवासबाट रामघाटसम्म शवयात्रा गरी अन्तिम दाहसंस्कार गरिनेछ ।

You might also like

Comments are closed.